- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

साउदी अरब आउँदा -जाँदा ६० हजार साउदी रियाल भन्दा माथी नगद तथा समान ल्याउन- लैजान लैजान नपाइने ।

January 10, 2019
1564
Shares
- ADVERTISEMENT -

साउदी अरब,२६ पौष २०७५ । साउदी अरब जाँदा र फर्कदा साउदी रियाल ६० हजार(लगभग ने.रु १८ लाख) भन्दा बढीको नगद तथा सामान लैजान ल्याउन नपाउने भएको छ ।

साउदी अरब सरकारले विमानस्थल मार्फत अबैध कारोबार हुन् थालेपछी यस्तो नियम लागु गरेको हो । नेपाल स्थित साउदी दुताबास ले नेपाल को कन्सुलर सेवा बिभागलाई पत्राचार गर्दै यस समन्धी जानकारी दिई सकेको छ ।

- ADVERTISEMENT -

Advertisement

६० हजार साउदी रियाल या सो भन्दा बढी मूल्य बरोबरको बित्तिय साधन,सुन तथा सुनका गहना तथा बिदेशी मुद्राको अनिबार्य घोषणा गर्नु पर्ने नयाँ नियम लागु भएको जानकारी साउदी दुताबासले प्रेसित गरेको पत्रमा जनाईएको छ ।

सरकारले अफगानिस्तान,ईराक,सिरिया र ईराकबाट रोजगारीबाट फर्केकाहरुको पुन: श्रम स्वीकृति नदिने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यी चार देश असुरक्षित भएको र ति देश संग आबश्यक कानूनी परामर्श लिएर मात्र श्रम स्वीकृति वितरण गरिने छ । यी चार देश सुरक्षाका हिसाब ले खतरा रहेको औल्याउदै सरकार ले तत्काल लाई श्रम स्वीकृति स्थगन गरेको हो ।

सरकारले भिजिट भिसामा पनि कडाई गरेको छ । भ्रमण शंकास्पद भएका व्यक्ति तथा आबश्यक कागजात प्रस्तुत गर्न नसक्नेहरु माथि पनि निगरानी बढाइएको छ । बिमानस्थल स्थित अध्यागमन कार्यालयका अनुसार ट्राभल एजेन्सी,एयरलाइन्स,टुर अपरेटर तथा म्यानपावर ब्यबसायीको प्रतिनिधिको नाममा खाडी देश जाने नेपालीहरु माथि निगरानी बढाईएको छ ।भिजिट भिसामा गएर अलपत्र पर्न थाले पछि निगरानी बढाईएको जनाईएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com