फ्रान्स, १९ पौष २०७५ । गोर्खाली समाज फ्रान्सको आयोजनामा यहि १ जनवरी सन् २०१९ को पहिलो दिन फ्रान्सको आइफल टावर अगाडी टोपी दिवस तथा नयाँ बर्ष सन् २०१९ को शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।
‘हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभर स्वत फुर्त रुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावर मा ढाका टोपी र नेपाली पोशाक लगाएर टोपी दिवस मनाएका हुन ।
सोहि क्रममा बोल्दै गोर्खाली समाज फ्रान्सका अभिभाबक एब एन आर एन ए फ्रान्सका सस्थापक हरिहर अर्यालज्युद्वारा नेपाली ढाका टोपीको बारेमा हाम्रो इतिहास र टोपीको महत्वको बारेमा कबिता वाचन गर्नुभएको थियो । साथै एन आर एन ए फ्रान्सका पूर्व अध्यक्ष एब गोर्खाली समाजका सल्लाहकार आदरणीय निर्मल अर्यालज्युले फ़्रेन्स भाषामा नेपाली ढाका टोपी र टोपी दिबसको महत्वका बारेमा प्रस्ट पार्नु भएको थियो । आगन्तुक पर्यटकहरुले नेपाली सस्कृतिको बारेमा उत्सुक हुदै कार्यक्रममा सहभागिता जनाएका थिए ।
त्यसैगरी, सुजन बानियाँले आफ्नो मन्तब्य सहित टोपी सम्बन्धी कविता, गीत, भनाइ समेत प्रस्तुत गर्नुभएको थियो । सास्कृतिक मन्च गोर्खाली समाज फ्रान्सका संयोजक सुजन राज भट्टले सगरमाथा र हाम्रो टोपिको शान बिश्वमा उच्च रहोस् भन्दै छोटो मन्तब्य सहित टोपी सम्बन्धी कविता समेत प्रस्तुत गर्नुभएको थियो ।
सोहि कार्यक्रममा एन आर एन ए फ्रान्सका आइ सी सी सदस्य सुबर्ण बिक्रम हमाल, एन आर एन ए फ्रान्सका भु पु आइ सी सी सदस्य मिन जिसी, मोना फ्रान्सका अध्यक्ष हेम बानियाँ, एन आर एन ए फ्रान्सका भुपु उपाध्यक्ष हरि सापकोटा, नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष शिबराम भण्डारी, बेलायतबाट आउनुभएका प्रा.डा. कुल लुइटेलको उपस्थिति रहेको थियो ।
छोटो समयमा तयार गरीएको कार्यक्रम भएपनि आफ्नो अमुल्य समय दिएर गोर्खाली समाज फ्रान्सको आमन्त्रणलाई स्वीकार गरी ठुलो संख्यामा नेपालीहरुको उपस्थिति हुनुभएका उक्त कार्यक्रममा सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उदेश्यका साथ नेपालीहरु उस्तै पहिरनका साथमा उपस्थित भएका थिए ।
कार्यक्रमको समापन गर्ने क्रममा गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले आगन्तुक सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । गोर्खाली समाज फ्रान्सका महा-सचिब राजेन्द्र बाबु श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।