अमेरिका, अमेरिकाको न्युयोर्कमा लामो समयदेखि बसोबास गरिरहनु भएका सोमनाथ घिमिरे गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका संयोजकमा सोमनाथ घिमिरे नियुक्त हुनुभएको छ ।

फाउन्डेशनकी केन्द्रिय सभापति सुजाता कोइरालाले घिमिरेलाई नियुक्त गर्नुभएको हो । घिमिरेलाई नर्थ र साउथ अमेरिका क्षेत्रको प्रतिनिधित्व गर्ने गरी कार्य क्षेत्र तोकिएको छ ।

फाउन्डेशनको उदेश्य अनुरुप काम हुनेमा आफु ढुक्क रहेको सुजाता कोइरालाले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्ब सभापति गिरिजाप्रसाद कोइरालाको नाममा यो फाउन्डेशनको स्थापना गरिएको हो ।

“नर्थ र साउथ अमेरिकाका बिभिन्न देशहरुमा संगठन बिस्तारको लागी जी.पी कोइराला फाउन्डेशनको नर्थ र साउथ अमेरिकाको संयोजक जस्तो महत्वपुर्ण जिम्मेवारी सुम्पिनु भएकोमा जी.पी कोइराला फाउन्डेशनकी केन्द्रिय अध्यक्ष आदारणिय दिदी सुजाता कोईराला लगायत केन्द्रिय समिती प्रती हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछु । संयोजक घिमिरे :जय नेपाल ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्