टोकियो, १० पौष २०७५ । जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा एक नेपालीको आकस्मिक निधन भएको छ ।

आइतवार बिहान धनकुटा खोकु छिन्ताङ्को २३ वर्षीय युवराज राईको आकस्मिक निधन भएको हो ।

मृतक राईको के कारणले निधन भएको हो भन्ने वारे कारण खुल्न सकेको छैन । सदा झै बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेको र सामान्य अवस्था मै सुतेको राईको बिहान उठाउदा नउठेपछी चलाएर हेर्दा मुत्यु भैसकेको उनका साथीले जानकारी दिएको किरात राई यायोक्खा जापानका सल्लाहकार संजीव राईले बताउनु भयो ।

मृतक युवराज राई २-३ महिना अघि मात्र पर्यटन भिसामा जापान आएको खुल्नमा आएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्