प्रचण्ड जी लाई प्रदेशीको पत्र ।
सन्तोष आचार्य : कतार, ९ पौष २०७५ ।
प्यारो नेता प्रचण्ड जि, नमस्कार ।
म अभागिले हजुरलाई नजिकैबाट नचिने पनि तपाईलाई नजिकैबाट चिन्ने सायद धेरै छ्न होला ! कम्युनिस्टको खोल ओडेर अब कति दिन क्रिस्चियन इसाइको धर्मप्रचार मा लाग्नु हुन्छ , किनकी तपाईहरु कम्युनिस्ट भएर धर्मनिरपेक्ष आडमा क्रिस्चियन इसाइ धर्मप्रति को माया ममतालाई के नेपाली जन्ताले थाहा नपाउला र ?
इसाईहरूको संरक्षण र सहयोगमा हुर्किएको हजुरहरुको भुपु पार्टीले युद्धकालमा मन्दिर भत्काउने, धर्मगुरुको हत्या गर्ने, नेपाली मौलिक संस्कृति एवम् परम्पराविपरीतका क्रियाकलाप गर्ने आखिर किन ?
राजनीतिक परिवर्तनको नाममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक ढाल्ने, हिन्दूराज्यको पहिचान मेटेर कपटपूर्ण तरिकाले धर्मनिरपेक्ष बनाउनु सुशील कोइराला जस्तो सोझो प्रधानमन्त्री त पाउनु नै भए को हो क्यारे !
जातीय एवम् क्षेत्रीय सद्भावमा टिकेको नेपालको अस्तित्वलाई जगैदेखि ध्वस्त गर्नका निम्ति क्षेत्रीयतावाद र जातिवाद प्रोत्साहित हुने सङ्घीयतालाई बलजफ्ती प्रवेश गराउन त सुबास निबाङ कृष्ण बाहादुर महरा बाबुराम हरुको साथले सफल हुनु नै भए को हो ?
गितालाई हातले छोयर भगवान को नाममा कसम नखाएर कमिनिट को नाम जोगाउने अनि खाटी मार्क्सवादी हुनुपर्छ भन्दै आफ्नै बाउ बाजेको परम्परा सस्कृती धर्म को बिरोध गर्नु पनि हुदैछ आज भोलि ….
परम्पराअनुसार आफ्नी आमाको क्रिरियाकर्म नगरेर प्रगतिशील बनेको प्रमाणित हुन खोज्ने माधव कमरेडहरु इसाईमाताको पाउमा छाँद हालेर ‘हलेल्लुलाह’ भनि युगल जोडी गासिएर चिचाएको नेपाली हामी ले आँखा छोप्दा पनि देखिएछ त
,सत्य कुरा कहिले छोपिनदैन ,अनि झुटो कुरा कहिले लामो समय सम्म टिक्दैन | यस कुरोको चरिथार्थ हजुरहरुले धर्मनिरपेक्ष राष्ट्र नेपाल किन बनाउनु भएको रहेछ भन्ने कुरा अब नेपालीहामि ले प्रस्ट बुझे कि अझै बुझाउनु पर्ने होला ।
माक्र्सवाद लाई तिलान्जली दिएको पनि त धरै नै भो क्यारे !
कमरेडहरु अब त ६० कट्नु भो होला अब फेरि नेपाललाई प्रयोगशाला बनाउन नखोजे कसो होला ….