Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
७:४०:११ बिहान
- ADVERTISEMENT -

विदेशी कामदार भित्र्याउने कानून जापानद्वारा पारित

प्रकाशित मिति: २०७५ मंसिर २३, आइतबार

1081
Shares

एजेन्सी, टोकियो, २३ मङ्सिर २०७५ । कामदारको अभावलाई सहज बनाउनका लागि जापानको संसद्ले शनिबार एउटा कानून पारित गरेको छ | आफ्नो मुख्यनीति परिवर्तन गर्दै विदेशी कामदारलाई जापानमा काम गर्न दिनेबारेको कानुन आलोचनकैबीच शनिबार पारित भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

हतारमा कानुन ल्याइएको र त्यसले स्वदेशी कामदारलाई अप्ठेरोमा पार्नसक्ने भन्दै सो कानुनको आलोचना पनि भइरहेको छ ।

नयाँ कानुन पारित भएपछि आउँदो अप्रिल महिनादेखि विशेषतः नर्सिङ, कृषि र निर्माण क्षेत्रमा वैदेशिक कामदारले जापानमा काम गर्ने अनुमति पाउने छन् । आप्रवासनलाई लामो समयदेखि जापानमा प्रतिबन्धका रूपमा लिने गरिएको छ । तर ज्येष्ठ नागरिकको उमेरमा वृद्धि र काम गर्ने समूहमा भएको कमीका कारण देशमा विदेशी कामदार भित्र्याउनुपर्ने माग बढ्दैसमेत गएपछि सरकारले पछिल्लो कानुन पारित गरेको हो ।

विपक्षी दलले बाधा व्यवधान खडा गरेपनि शनिबार देशको माथिल्लो सदनले पारित गरेको कानुन अप्रिल महिनाबाट लागू हुने बताइएको छ । जसअनुसार जापानमा काम गर्न चाहने विदेशी कामदारका लागि अब दुई प्रकारका प्रवेशाज्ञा जारी गरिनेछ । पहिलो प्रवेशाज्ञाको व्यवस्थाअनुसार विदेशी कामदारले पाँच वर्षसम्म जापान बस्न पाउने छन् तर उनीहरुका परिवारका सदस्यलाई जापान लान पाउने छैनन् ।

त्यसैगरी अर्को व्यवस्थाअनुसार अति दक्ष विदेशी कामदारले आफ्ना आफन्तसहित जापान बस्न पाउने छन् र जापानमै आप्रवासनको लागि योग्य पनि बन्ने छन् । विदेशी कामदारलाई कसरी जापान ल्याइन्छ भने विस्तृत विवरण भने उपलब्ध गराइएको छैन । त्यसैगरी नयाँ कानुनअनुसार कुन कुन क्षेत्रमा विदेशी कामदारलाई प्रवेशाज्ञा दिइने छ वा देशमा कुन कुन क्षेत्रमा कामदारको आवश्यकता बढी छ भन्नेबारे पनि केही विवरण दिइएको छैन ।

सरकारले विदेशी कामदारलाई जापान प्रवेशमा सहजता प्रदान गर्नेबारेका कानुन ल्याउने तयारी गरेदेखि नै विरोधमा उत्रिएको विपक्षी दलले पर्याप्त तयारीबिना कानुन ल्याइएको भन्दै विरोध गरेको छ ।

सरकारका अनुसार तीन लाख ४५ हजार एक सय ५० जनासम्म विदेशी कामदार जापान भित्र्याइने छ । उनीहरुलाई पाँच वर्षसम्म काम गर्न दिइने पनि सरकारले बताएको छ । सुरुमा पाँच लाखसम्म विदेशी कामदार जापान ल्याइने अनुमान गरिएको थियो ।

पछिल्लो चार दशक जापानका व्यापारीहरुले भोग्दै आएको श्रम बजारसम्बन्धी समस्याबारेको माग सम्बोधन गर्न जापानका प्रधानमन्त्री सिन्जो आबे तत्पर देखिएका छन् । व्यापारीको माग पूरा गर्दै गर्दा प्रधानमन्त्री आबेले आफ्नै कन्जरभेटिभ दललाई चिढ्याइसमेत रहेका छन् ।

उनको दलले ठूलो संख्यामा विदेशीलाई देशमा भियाउँदा अपराधमा वृद्धि हुने र साँस्कृति द्वन्द्व हुने भन्दै चिन्ता व्यक्त गर्ने गरेको छ। त्यसैकारणले पनि उनको नयाँ कदममा ‘आप्रवासन नीति’ नभनी ‘मार्केट ग्याप’लाई परिपूर्ति गर्नका लागि आवश्यक कानुन भनिएको छ । तर आलोचकहरुले भने केबल रोजगारीमा परिपूर्ति गर्न र कर उठाउनमात्रै नभइ सरकारले लामो समयसम्मका लागि विदेशी आप्रवासीलाई स्वीकार गर्नु पर्ने जिकिर गर्दै आएका छन्। उनीहरुदले त्यसरी ल्याइएका आप्रवासीलाई जापानमा घुलमिल गराउनु पर्ने माग पनि सरकारसमक्ष राख्दै आइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -