टोकियो जापान, १६ मङ्सिर २०७५ । आउदो जनवरी २७ तारिख आईतवारका दिन नेपाली जनसम्पर्क समिती जापानको सातौ अधिवेशन हुने भएको छ । नोभेम्वर २८ तारिख बुधवारका दिन जापानको टोकियोमा जनसम्पर्क समिती जापानका सभापति लालबहादुर केसी (रोशन) को सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितीको आकस्मिक बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले के सी नेतृत्वको समितीको कार्यकाल यहि नोभेम्वर ३० तारिख सम्म भएपनि बिषेश पारिस्थितिका कारण जनसम्पर्क समिती जापानको संसोधित बिधान २०१७ को धारा ३७ अनुसार कार्यकाल ३ महिना थप गरि २०१९ जनवरी ३० सम्मका लागी थप गर्ने निर्णय गरेको छ । उक्त निर्णय केन्द्रिय पार्टी कार्यलयमा जानकारी गराई स्वीकृति लिएपछि नोभेम्बर ३० पछि स्वत यो कार्यसमिती सातौ अधिवेशन मुल आयोजक समिती रहनेगरि जनवरी २७ मा अधिवेशन गर्ने निर्णय गरिएको हो ।
केन्द्रीय समिती अन्तर्गत रहेका ९ क्षेत्रीय समितीहरुमा ५ क्षेत्रको अधिवेशन सकिएपनि वाकी ४ क्षेत्रको अधिवेशन नभएको परिस्थितिमा आउदो डिसेम्वर १० तारिखसम्म जसरी पनि अधिवेशन गर्नका लागी निर्देशन दिईएको र तोकिएको मितीसम्म पनि गर्न नसके केन्द्रीय समितीले ज़िम्मा लिई क्षेत्रीय अधिवेँसन गराउने गरि निर्णय गरिएको हो ।
सातौ अधिवेशन सम्पन्न गर्नका लागी पुर्व सभापतिज्युहरु महेश कुमार स्रेष्ठ,बलराम स्रेष्ठ, भुपिगोविन्द स्रेष्ठ,नारायण सुवेदी र डिपी कंडेल सदस्य रहने गरि निर्वाचन समिती गठन गरिएको छ ।