२०८३ वैशाख ६, आइतबार
११:२०:४२ राति
- ADVERTISEMENT -

नेपाली सेनालाई आफ्नै परिवारका अग्रज ठान्छन लेबनानबासी

प्रकाशित मिति: २०७५ मंसिर ९, आइतबार

1172
Shares

लेबनान, मङ्सिर ९ गते आइतबार । “मैले नयाँ दाइ पाएको छु,” संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत रणशार्दूल गणको नेतृत्व गर्दै लेबनानको पूर्वी कमाण्डको गणपतिको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख सेनानी राजेन्द्र पन्तसँगको पहिलो भेटमा स्थानीय तहका एक प्रमुखले भने, “हामी विगतमा झैँ दाजुभाइजस्तै मिलेर शान्ति स्थापनाको काममा लाग्नेछौँ ।”

एकवर्षे मिसनबाट स्वदेश फर्कनुअघि नेपाली सेनाको बरख गणका गणपति तथा प्रमुख सेनानी नारायणबहादुर थापाले नयाँ नेतृत्व सम्हाल्नुभएका पन्तलाई चिनाउन स्थानीय सरकारका प्रतिनिधिसँग गराइएको भेटमा शाक्रा नगरपालिकाका प्रमुख अली सालेहले नेपाली सेनालाई आफूले शान्तिप्रेमी मानव पाएको जनाउनुभयो । आफ्नो कार्यकक्षमा पन्तलाई स्वागत र थापालाई बिदाइ गर्दै उहाँले भन्नुभयो, “स्थानीय जनताको चाहना र आवश्यकताअनुसार नेपाली सेनाले गरेका मानवीय सहयोगहरु हामी बिर्सन सक्दैनौँ ।”

सो नगरपालिकामा बरख गणले सामाजिक विकास केन्द्रको भवनमा रङ्गरोगनका साथै ऐतिहासिकस्थलको सरसफाइलगायत सामाजिक कार्य पनि गरेको थियो । स्थानीय पोखरी पुनःनिर्माण र विभिन्न द्वारहरु पनि बनाएको थियो । अन्य स्थानीय तहसँग पनि सेनाले यस्ता सहकार्य गर्दै आएको छ ।

छिमेकी इजरायलसँगको तिक्ततापूर्ण सम्बन्ध झेलिरहेको लेबनानका नगरप्रमुखले आफूहरु आफ्नो देशको स्वाभिमान र सम्मानका लागि नझुक्ने स्पष्ट गर्दै त्यस कार्यमा शान्ति मिसनका खटिएका सेनाको साथ र सहयोग पाएको जनाउनुभयो ।इजरायलको सिमानासँग जोडिएका संवेदनशील लेबनानी क्षेत्रमा नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाअन्तर्गत गस्ती गर्नाका साथै शान्ति स्थापनाका लागि विभिन्न गतिविधि सञ्चाल गर्दै आएको छ ।

सेनाले स्थानीय बस्तीमा वृक्षरोपाण, सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुलाई सामग्री सहयोग, प्रतियोगितात्मक खेल र सेना नागरिक समन्वय ९सिमिक० कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविरलगाय कार्यक्रम गरेर त्यहाँका जनसमुदायको मन जितेको जनप्रतितिधिहरु बताउँछन् ।मास्डेल स्लिम नगरपालिका प्रमुख युनुस जहावीले प्रमुख सेनानी थापाको बिदाइ बैठकमा भन्नुभयो, “तपाईँहरु हाम्रो मन र मुटुमा बस्नुभएको छ । यो साथ र सहयोग जारी रहोस् ।”

नेपाली प्रतिनिधिमण्डलमा सहभागी पत्रकारको एक प्रश्नमा प्रमुख जहावीले लामो समयदेखि शान्ति मिसनका नाममा लेबनानका साथै विभिन्न मुलुकमा शान्ति सेना रहनु संयुक्त राष्ट्रसङ्घको सहयोगको उपज भएको प्रतिक्रिया दिनुभयो । उहाँले इजरायलको सिमानामा कुनै आक्रमण नहोस् भन्ने दृष्टिले समेत आफ्नो देशमा शान्ति सेनालाई लामो समयसम्म राखिएको जिकिर पनि गर्नुभयो । मिसनको स्थलगत अवलोकनका लागि नेपाली सेनाको शान्ति सेना सञ्चालन निर्देशनालयका सेनानी अनुपसिंह बस्नेतको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल हाल लेबनानमा छ ।

लेबनानको उत्तरी क्षेत्रको सिमानामा इजरायलको ‘टि वाल’ ९पर्खाल० विस्तारसँगै सुरक्षा संवेदनशीलता वृद्धि भएको मानिन्छ । इजरायल र लेबनानले आफ्नो जिकिर गरेका ‘हट स्पट’ भनिने तीन संवेदशनील स्थानहरु शेख अब्बाद टोम्ब, शोइब वेल र ओलिभ फिल्डसहित छ स्थानमा नेपाली सेना तैनाथ छ । शेख अब्बादलाई दुवै देशले वर्षौअघिदेखि आ–आफ्ना धर्मगुरुको समाधिस्थल मान्दै आएका छन् भने शोइब वेलस्थित पवित्र इनार पनि दुई देशबीचको विवाद छ ।

बरख गणले गत १३ महीनामा १४ हजार विभिन्न गतिविधि सञ्चालन गरेको थियो । एक वर्षमा तीन हजार ५२० जनाको स्वास्थ्य परीक्षण तथा सामान्य उपचार गरेको थियो ।राष्ट्रसङ्घमा नेपालको छवि उच्च पार्ने तथा ‘भिजिबल प्रिजेन्स’ बढाउने उद्देश्यले समयसमयमा ‘टेबल टप’ अभ्यास सञ्चालनलगायत अभ्यास गरिएको गणपति थापाले बताउनुभयो । गणले स्थानीयवासीसँग सम्बन्ध विस्तार, आवश्यकताअनुसार शिविर सञ्चालन, ऐतिहासिक स्थलको सरसफाइ, जीर्णोद्वार, वृक्षरोपण र स्वास्थ्य सहयोग तथा विद्यार्थीलाई सामग्री वितरणजस्ता कार्य पनि गरेको थियो ।

नेपाली सेनाले ९६ वर्ग किलोमिटर क्षेत्रफलमा जिम्मेवारी पाएको छ । यसमा सात नगरपालिका र एक गाउँपालिका पर्छ । यी पालिकामा मुस्लिम बाहुल्यतासहित करीब ८७ हजार ४०० जनसङ्ख्या छ । गणले छ स्थानमा फौज तैनाथ गरेको छ ।युनिफिल्ड मिसन ९लेबनान० मा हाल नेपालसहित विभिन्न ४२ मुलुकका १० हजार ६०० सैनिक शान्ति सेनामा खटिएकामा ८५० को सङ्ख्यामा नेपाली सेना पूर्वी कमाण्डमा खटिएको छ । सन् १९७८ मा प्यालेष्टाइन लिबरेसन आर्मीका र इजरायलबाट लेबनानका अधिकांश दक्षिणी भूभाग कब्जा भएपछि लेबनानले कडा आपत्तिसहित राष्ट्रसङ्घको सुरक्षा परिषद्मा उजुरी दिएकाले यहाँ शान्ति सेना आउन थालेको हो ।

नेपाली शान्ति सेनाले स्थानीय नागरिक र यहाँको सेनाको सहकार्यमा शान्ति स्थापनासम्बन्धी गतिविधि गर्दै आएको छ । हालसम्म यस मिसनमा ४४ हजार ७८८ नेपाली सेनाले सेवा गरेकामा कर्तव्यपालनाका सिलसिलामा २९ जनाले वीरगति प्राप्त गरेका थिए । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98