- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पण्डित दिनवन्धु पोखरेल टोकियोमा दुई दिन आध्यात्मिक प्रवचन दिने

November 18, 2018
1596
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आध्यात्मिक सेवा केन्द्र जापानको आयोजनामा वाचन प्रवीण पण्डित दिनवन्धु पोखरेलले आध्यात्मिक प्रवचन दिने भएका छन । जापानको राजधानी टोकियोमा नोभेम्वर २४ र २५ तारिख दुई दिन आध्यात्मिक प्रवचन संचालन हुने भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आकस्मिक सहयोग राहत कोषका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रवचनमा जापानवासी नेपालीहरूले विविध पुजा गर्न सकिने प्रवन्ध गर्न लागिएको कार्यक्रम संयोजक शालिकराम भण्डारीले जानकारी दिनुभयो।

- ADVERTISEMENT -

Advertisement

दुई दिन संचालन हुने सो श्रीमदभागवत महापुराण तथा बेद र बुद्द सम्बन्धी आध्यात्मिक प्रवचन कार्यक्रममा जापानवासी नेपालीहरूले सामुहिक रूपमा सहभागि भएर कथा श्रवण गर्न सकिने तयारी गरिएको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो ।

जापानमा हिन्दु मन्दिर स्थापनार्थ तयारी गर्ने उद्देश्यले गत वर्षबाट विभिन्न चरणमा बृहत छलफल तथा अन्तकृया गरिए अनुरूप यसवर्ष पहिलो चरणमा आध्यात्मिक प्रवचन कार्यक्रम आयोजना गरिएको आध्यात्मिक सेवा केन्द्र जापानका अध्यक्ष कपिलदेब थापाले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

टोकियो सिनओकुवो स्थित सोलमारी मुरा हलमा नोभेम्वर २४ र २५ तारिख तीन चरणमा हुने कार्यक्रमलाई दैनिक बिहान ९ बजेबाट १२ बजेसम्म, मध्यान्ह १ बजेबाट ४ बजेसम्म र साझ ५ बजेबाट रातीको ९ बजेसम्म कथा श्रवण गर्न सकिने कार्यतालिका निर्धारण गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com