काठमाडौं मंसिर १ । जापान पाँच दिने भ्रमणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज त्यस तर्फ जाँदै हुनुहुन्छ । उहाँ जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो ।

मन्त्रालयका अनुसार आगामी सोमबार नेपाल र जापानबीच मन्त्रीद्वयको नेतृत्वमा प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने खाद्य सहायतासम्बन्धी हस्ताक्षर समारोह समेत हुनेछ ।

मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल लगानी कार्यशालालाई उहाँले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुनेछ भने जापानमा रहेका नेपालीसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्