२०८३ वैशाख ६, आइतबार
११:२६:२३ राति
- ADVERTISEMENT -

अब वैदेशिक रोजगारमा जान श्रम स्वीकृत स्थानिय स्तरबाटै

प्रकाशित मिति: २०७५ कात्तिक १८, आइतबार

1560
Shares

काठमाडौं, १८ कात्तिक २०७५ । वैदेसिक रोजगारीमा जानेलाई अब श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने अबस्था समाप्त भएको छ । मंसिरबाट विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले यस कार्यालयबाट श्रम स्वीकृति दिने व्यवस्था भएको बताए ।

‘श्रम स्वीकृतिको कानुनी व्यवस्था भए पनि कार्याधिकारलगायते विषयमा सम्बन्धित मन्त्रालय र विभागबाट आउने क्रममा छ,’ उनले भने, ‘कार्यालय सञ्चालनका लागि नै अहिलेसम्म बजेट आइनसकेकाले श्रम स्वीकृतिको सम्पूर्ण व्यवस्थापन गर्न बजेट अभावमा तत्काल हुन सक्दैन ।’

उनले बजेट आएपछि मंसिरदेखि यस कार्यालयबाटै श्रम स्वीकृति दिने तयारी थालेको सञ्जेलले बताए । उनले यसअघि यस कार्यालयले कोशी अञ्चल मात्रै हेर्दै आएको बताए । ‘झापास्थित मेची अञ्चल कार्यालय र यो कार्यालयको कार्य क्षेत्रबारे स्पष्ट हुन बाँकी छ,’ उनले भने, ‘चाँडै कार्य क्षेत्र निर्धारण भएर आउने र प्रदेश १ मा रहेको श्रम तथा रोजगार कार्यालय विराटनगर र झापा दुबै ठाउँबाट श्रम स्वीकृति प्रदान गरिन्छ ।’

श्रम स्वीकृति प्रदान गर्नेसँगै बैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण र घरेलु कामदारसम्बन्धी तालिम प्रदान गर्ने संस्थाहरूको स्वीकृति, अनुगमन, निरीक्षण, निर्देशन तथा कारबाही सिफारिससम्मको काम यस कार्यालयमा थप हुने भएको सञ्जेलले सुनाए । बैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थाहरूलाई स्वीकृति, अनुगमन, निरीक्षणको जिम्मेबारीसमेत बढने भएको उनले बताए ।

बैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाहरूमार्फत आएका मागहरूमा पूर्व श्रम स्वीकृति दिने श्रम स्वीकृति दिने, व्यक्तिगत श्रम स्वीकृति दिने र श्रम स्वीकृतिको नवीकरण गर्ने काम अब विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट हुने छ । बैदेशिक रोजगारमा जाने कामदारको हक, अधिकारलगायतको गुनासो सुन्ने र अभियोजन गर्नेलगायतका अधिकार यस कार्यालयलाई प्राप्त हुने सञ्जेलले सुनाए । उनले वैदेशिक रोजगारमा जाने कामदारको गुनासो अहिले पनि सुन्दै आएको बताए ।

मोरङबाट गत आर्थिक वर्षमा बैदेशिक रोजगारीका लागि बिभिन्न मुलुकमा १ हजार ५६ महिला र १२ हजार ८ सय ३७ पुरुष बैदेशिक रोजगार विभागको तथ्यांकले जनाएको छ । यस्तै, झापाबाट १५ हजार ५ सय ११, सुनसरीबाट १० हजार २ सय ७०, भोजपुरबाट ४ हजार ३ सय ३५, धनकुटाबाट ३ हजार १ सय १६, इलामबाट ५ हजार ५ सय ४४, खोटाङबाट ५ हजार २ सय २० जना गत वर्ष बैदेशिक रोजगारमा गएका हुन् ।

यस्तै, ओखलढुंगाबाट १ हजार ८ सय ६३, पाँचथरबाट ४ हजार ४ सय ४३, संखुवासभाबाट २ हजार ९ सय ६३, सोलुखुम्बुबाट १ हजार २ सय ५५, ताप्लेजुङबाट २ हजार ७ सय २१, तेह्रथुमबाट २ हजार २ सय ८ र उदयपुरबाट ५ हजार ३८ जना बैदेशिक रोजगारमा गत बर्ष गएका छन् ।

गत आर्थिक वर्षमा मुलुकभरबाट कुल ३ लाख २३ हजार ८ सय ७७ जना बैदेशिक रोजगारमा जानेमध्ये प्रदेश १ का १४ जिल्लाबाट ७८ हजार ३ सय ८० अर्थात् २४।२० प्रतिशत छन् । प्रदेश १ बाट गत वर्ष बैदेशिक रोजगारीमा जानेमा महिला ६ हजार ७ सय ८३ र पुरुष ७१ हजार ५ सय ९७ जना रहेको रोजगार विभागको तथ्यांकमा उल्लेख छ । प्रदेश १ बाट बैदेशिक रोजगारीमा खाँडीलगायत मुलुक जानेमा सबैभन्दा बढी इलामबाट, दोस्रोमा मोरङ र तेस्रोमा सुनसरी छ भने सबैभन्दा कम सोलुखुम्बुबाट गएको विभागले जनाएको छ ।’समाचार कान्तिपुरमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98