ओम पाण्डे …साउदी अरब रियाद…
कात्तिक १३-नेपाली हिन्दुहरुको दोश्रो महान पर्व शुभ दीपावलीको पावन अवसरमा साउदी अरब रियादमा रहेको नेपालीहरुको समूह अनि पि.टी.अनलाईन नेपाल प्रा.लि,को संयुक्त रुपमा देउशी भैलो कार्यक्रम गर्ने भएको छ|
बिशेष गरि नेपालीहरुको को विशेष पर्व दीपावलीलाई मध्यनजर गर्दै प्रबासमा रहेको नेपालीहरुले नेपाली सास्कृतिक,परम्परालाई संरक्षण गर्नको लागि यो कार्यक्रम गर्न लागीएको हो| उक्त कार्यक्रममा साउदी अरब रियादमा रहेको नेपालीहरुको मिलिजुली अनि पि,टी,अनलाइनको संयुक्त रुपमा गर्न लागिएको हुनाले सबै जना चिनजान भएको नेपालिहरु मिलेर नेपालि परम्परा अनुसार तिहार मनाउने कार्यक्रम भएको हुदा अरु कार्यक्रम भन्दा अलि फरक तरिकाले संचालन गर्न लागिएको छ।
साउदी अरब रियादमा रहेको नेपालीहरु मिलेर बडा दशैँ पनि नेपालि परम्परा अनुसार पारिवारिक वातावरण मनाईएको थियो। त्यसै स्वरुप अहिले आउदै गरेको तिहार पनि सबै मिलेर नै पारिवारिक वातावरण अनि नेपाली परम्परा झल्कीने गरि गरिने हुदा अनौपचारिक रुपमा नै यो कार्यक्रम संचान गर्ने भएको छ|
कार्यक्रम को तयारि गर्दै गर्दा साउदी अरब रियादमा उपस्थित सबै नेपालीहरुले नेपालमा जसरि नै दीपावली मनाउन चाहने व्यक्तिहरुले उक्त कार्यक्रममा उपस्थित जनाउन सक्नु हुनेछ भने उपस्थित व्यक्तिहरुले कार्यक्रम को सम्बन्धित व्यक्तिहरुलाई उपस्थितको बारेमा जानकारी रागउनु पर्ने छ |
कार्यक्रम नेपाली परम्परागत रुपमा समुहगतरुपमा देउसीभैलो खेल्ने ,सेल रोटी, नेपाली खाना अनि नेपाली परिवेशमा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक धमाकाले नेपालमा नरहे पनि नेपालमै रहेको महसुस हुने गरि कार्यक्रम गर्न लागिएको हुनाले सबै जना ईच्छुक हुने नेपालीहरुको आयोजक टीम संग जानकारी लिएर उपस्थित हुन् को लागि पनि सबैलाई हार्दिक निमंत्रणा गरिएको छ।|


































