- ADVERTISEMENT -

जापानबाट नेपाली चेलीको राष्ट्रपतिलाई मार्मिक पत्र

October 25, 2018
2077
Shares
- ADVERTISEMENT -

८ कात्तिक २०७५, 

सम्माननीय राष्ट्रपति ज्यू,
नमस्कार ।

- ADVERTISEMENT -

Advertisement

शायद आफ्नो छोरीहरुलाई पुरस्कार बितरण गरेको दिन बिर्सनु भयो होला र पो, निर्मलाको मूर्त शरिरले न्याय पाउदैन ? जनताले प्रत्यक्ष रुपमा चुनेको भए तपाईं राष्ट्रपति हुने कुरा त्यती सजिलो थिएन। एकहुल देश बनाउछु भनेर हिंडेका दर्शकहरुले चुनेको हुनाले तपाईं पुन राष्ट्रपति हुनुभयो ।तपाईंभन्दा पनि हामी आम महिलाको प्रतिनिधी ठान्दै त्यमा हामी धेरै खुशी हुनु स्वभाविक थियो ।

सायद, तपाई कसैको नजिकको पात्र हुनाले तपाईलाई रास्ट्रपति हुन सहज भयो होला, किनकी देशको सर्बोच्च पदमा पुन: महिला हुनु हामीलाई इतिहासमा पुरुषहरुसँग पनि ठुलो चुनौती रहेको थियो । सबै नेपाली महिला खुशीले गद-गद भएका थिए तर बिडम्वना नै भन्नु पर्छ… हाम्रो देशमा वारम्वार महिलाहरुमाथी हुने गिद्दे नजरले प्रशय पाईरहेको हुन्छ । देशमा घटना नघट्ने होइन घट्छ, तर त्यसको निराकरणको लागी राज्य हुने हो र राज्यले गर्ने हो । हाम्रो देशमा जैले राज्य उल्टो गतिमा हिड्छ । शहिदको रगत र देशको माटोको कसम खाएपछी केही गर्लान भनेको त.. लुट गुट् झुटभन्दा बढि केही देख्न पाइएन ।

साधारण नागरिक भएर बाँच्न पाइएला,आफ्नो क्षमता अनुसार काम गर्न पाहिएला, शान्ति, सुरक्षाको अनुभुती होला भनेको त झन् सबै कल्पना मात्र भयो । ९ महिनाको बच्चा देखी ७० बर्षको आमा भन्दैनन मान्छेहरु ? अपराधीहरु मुर्ख भएपनी जनता त्यति मुर्ख छैनन कुरा बुज्दछन । अपराधी तपाईं होइन, तपाईंले गरेको पनि तर अपराधीलाई कार्बाही गर्न सक्नु हुन्न भने कुन नैतिकताको आधारमा एउटै कुर्ची भाचिने गरी १० बर्ष बस्नु हुन्छ ?

तपाईं दुनियाँको ईतिहास शायद पढ्नु भएको छ होला तर एउटा गर्भवती महिलाले समयमा उपचार नपाएर आफ्नो ज्यान गुमाउनु पर्दा खेरी देश चलाएको मान्छेले आफुलाई असफल ठानी राजिनामा दिएको छ । ईतिहासमा सबैभन्दा शक्तिशाली सरकार के हेरी बसेको छ, त्यसको माथिल्लो भागमा तपाईं हुनुहुन्छ । हामीलाई पनि प्रदेशमा भाडा माज्दा दिक्क भएर अब देश फर्कन मन लाग्छ ।

आफु जन्मेको ठाउ, आफ्नो देशमा केही गर्न मन लाग्छ । हामी प्रदेशमा मेसिनको स्पीड १३ घण्टा काम गर्न सक्छौ भने आफ्नो देशमा नसक्ने कुरै भएन तर राज्यले दिनु पर्ने आधार भुत आबश्यकताहरु कुन चराको नाम हो खोज्नुपर्ने । तपाईंहरु आफ्नो ईतिहास मात्र टिकाउनु हुन्छ, जनतालाई हृदयबाट केही गर्नु हुन्न नत्र निर्मलाको आत्माले यसरी रुनु पर्दैन थियो । सबैभन्दा लाज मर्दो कुरा राम्रो नाच्ने गाउने कलाकारहरु सडकमा देख्दा लाज लाग्छ । देश बनाउन हिंडेकाहरुको कमिडी देख्दा दिक्क लाग्छ ।

तपाईंसँग महिलाको हृदय छ भने न्याय दिनुहोस् , तपाईंकोपछी करोडौ जनता लाग्ने छन, नत्र…तपाईंको त्यो कुर्ची सारा महिला मिलेर छिनभरमा नै भाच्नेछन ।

सरिता ढकाल हाल जापान

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -