- ADVERTISEMENT -

जापानमा नेपाली दुतावासको भुमिका प्रभवकारी हुनु पर्यो : कांग्रेस नेता प्रदीप पौडेल

October 25, 2018
1569
Shares
- ADVERTISEMENT -

टोकियो, ८ कात्तिक २०७५ । निजी भ्रमणकोलागी जापान आउनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली राजदूतावास टोकियोले जापानी पर्यटक नेपाल भित्र्याउन प्रभावकारी भूमिका खेल्न नसकेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ जापानले टोकियोमा बिहिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै नेता पौडेलले नेपालमा जापानको विकास, प्रबिधी र जापानी पर्यटक भित्र्याउन सके नेपालको विकास र समृद्धि हुने बताउदै यसको लागी जापानवासी नेपाली र सरकारीस्तर दूतावासबाट जती प्रभाकरी भूमिका खेल्नु पर्ने थियो, त्यो नभएको जस्तो देखियो त्यसैले दूतावासबाट जापानको विकास ,कूटनीतिक सम्बन्ध सुधार गरेर जानु पर्ने सुझाव दिनुभयो ।

नेपालको अन्तरास्ट्रिय नीति स्पष्ट नभएकोले नेपालमा विदेशीहरूले स्वार्थ अनुसार काम गरिरहेको बताउदै भारत,चीन र अन्य मुलुकलाई नेपालले हेर्ने दृष्टिकोण स्पष्ट बनाउन ज़रूरी रहेको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

दूतावासले कूटनीतिक मात्र हैन जापानको बिकास,प्रबिधि नेपाल लान प्रभावकारी भूमिका खेल्न सक्नु पर्ने धारणा राख्नुभयो । जापानको प्रबिधि ,बिकास अनुकरण गर्न सके नेपालको केहि हदसम्म माथी उठने बताउनु भयो ।

महासंघको अध्यक्ष मोहन घलेको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रम सचिव ऋतुकुमार दुराले संचालन गरी सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -