Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
८:५६:४१ राति
- ADVERTISEMENT -

जापानमा काँग्रेस प्रभावशाली नेता प्रदीप पौडेल कुटनीतिक भेटवार्तामा

प्रकाशित मिति: २०७५ कात्तिक ६, मंगलबार

1449
Shares

टोकियो, ६ कात्तिक २०७५ । जापान भ्रमणमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले टोकियोमा नेपाली राजदूत प्रतिभा राणासँग भेट गरी नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

भेटका क्रममा राजदूत राणासहित दूतावासका पदाधिकारीहरुले जापानमा हाल विविध क्षेत्रमा गरी ८० हजार भन्दा बढी नेपाली रहेको जानकारी दिएका थिए ।

नेता पौडेलले जापानमा स्थानीय भाषा र आवश्यक सीपको अभावमा धेरै नेपालीहरुले समस्या झेलिरहेको तर्फ ध्यानाकर्षण गराएका थिए । जापान सरकारले नेपालका विभिन्न तह र तप्काका व्यक्तिहरुलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिको कोटा बढाउन राजदूतावासले थप पहल गर्नुपर्ने पौडेलले बताए ।

नेपालमा अझ धेरै जापानी पर्यटकहरु पठाउन समेत दूतावासले ठोस कार्यक्रम संचालन गर्नुपर्ने सुझाव पौडेलले दिए |यसैबीच पौडेलले जापानी अधिकारीहरुसँग भेटवार्ता गरी नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता जापानले नेपाललाई गरिरहेको सहयोग सबैका लागि उदाहरणीय भएको पौडेलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -