- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पर्यटन प्रबदनको लागी पूर्वधार बिकासमा लगानी आवश्यक : कांग्रेस नेता प्रदीप पौडेल

October 22, 2018
3547
Shares
- ADVERTISEMENT -

टोकियो, ५ कात्तिक २०७५ । नेपाली विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका नेता पौडेलले लोकतन्त्रका लागि नेपाली काँग्रेसले इमान्दार भूमिका निर्बाह गरेकोले लोकतन्त्रको इतिहास भनेकै नेपाली काँग्रेस र नेपाली काँग्रेसको इतिहास भनेकै लोकतन्त्र भएको जिकिर गर्नुभयो ।

मुलुकको समृद्धिमा युवाहरुको सहभागिता अनिवार्य रहेको धारणा ब्यक्त गर्दै नेता पौडेलले युवा पलायनलाई रोक्न देशभित्रै रोजगारीका प्रशस्त अवसरहरु सिर्जना गरिनुपर्ने अबको चुनौती रहेको बिचार ब्यक्त गर्नुभयो । नेपालमा प्रशस्त संभावना र अवसरहरु छन्, त्यसको लागि राजनीतिले सही दिशा निर्देश गरिनुपर्ने र बिदेशमा रहेका युवाहरुमा पनि मुलुक निर्माणप्रति आफ्नो कर्त्तब्यबोध हुनुपर्ने उहाले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

नेपाली काँग्रेसको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा भएको सो कार्यक्रममा टोकियोमा आइतवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै ‘योग्य मतदाताले मात्र योग्य नेतृत्व छान्न सक्छन्’ ’बिदेशमा बस्ने नेपालीहरुलाई मुलुकको राजनैतिक मुलप्रवाहमा सरिक गराउन आवश्यक छ ।’ भन्नुभयो ।


जापान भ्रमणमा रहनुभएका प्रभावशाली नेता प्रदिप पौडेलले एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ‘ जापानमा तपाईंले घर किने पनि आखिर तपाईं नेपाली नै हो ‘ भन्दै पौडेलले नेपाली विश्वको कुनै पनि राष्ट्रमा रहे पनि आखिर नेपाली नै हुन्छ , किनकी तपाईं जुन देशको सुविधा सम्पन्न सहित जीवन यापन गरेता पनि आखिर उसले नेपालीको नै दर्जा दिने भएकोले आफ्नो मातृभूमि प्रतिको माया, ममता र कर्तव्यलाई भुल्न नहुने बताउनु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

अन्तरक्रिया कार्यक्रममा जापानमा क्रियाशील बिभिन्न राजनैतिक पार्टीका भात्तृसंस्था तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो । भारत र चीनले जो नेपालमा रेलमार्ग निर्माण गर्ने आस्वासन दिएको छ, त्यो नेपाललाई भन्दा भारत र चीनलाई लाभदायी छ, किनकी उनीहरुले व्यापारीक चहल पहल बढाउनको लागि नेपालको भूमि प्रयोग गर्न चाहन्छ ‘ यस्तो कुटनीतिक विचार व्यक्त गर्दै उहाले सन १९५० भन्दा पहिले नेपालीको भन्दा जापानीको आर्थिक अवस्थामा खस्कदो रहेको परिप्रेक्षमा देश विकासको लागि जापानीले जस्तै संकल्प लिए जे पनि सम्भव हुने बताउनु भयो ।

विधान संसोधन समितिका सदस्य समेत रहेका नेता पौडेल, विदेशमा जो बाध्यतावस पलायन भएका युवा शक्तिलाई विदेशबाट पनि लगानी गर्न , कम्पनी खोल्नको लागि सरकारले सवलिकरण, सरलिकरण निती ल्याउनु पर्नेमा जोड दिदै विदेश स्थित राजदुतावासले प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनु भयो ।

नेपाली जनसम्पर्क समिति जापानका कार्यबाहक सभापती पिताम्वर चापागाईको सभापतित्व सम्पन्न सो कार्यक्रममा उपसभापति रामकृष्णबम मल्लको स्वागत मन्तब्य र महामन्त्री रामजंग कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com