Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:५६ बिहान
- ADVERTISEMENT -

भुटानमा नौ जना नेपालीभाषी बने सांसद : नेपालीभाषी को-को बन्दैछन मन्त्री ?

प्रकाशित मिति: २०७५ कात्तिक ४, आइतबार

2454
Shares

थिम्पु, भुटान कात्तिक ४

भुटानमा बिहिबार सम्पन्न चुनावबाट नौ जना नेपाली भाषी सांसद निर्वाचित भएका छन् । भुटानको नेशनल एसेम्ब्ली ९संसद० को तल्लो सदनमा निर्वाचित भएका ४७ मध्ये नौ जना नेपालीभाषी निर्वाचित भएका हुन। नेपालीभाषी नौ जना नयाँ पार्टी ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) बाट निर्वाचित भएका हुन्। सोही पार्टी सरकार बनाउने तयारीमा रहेको छ ।

भुटानको निर्वाचन आयोगले आधिकारिक रुपमा जनाएअनुसार नेपाली भाषी जयबीर राई, हेमन्त गुरुङ, लोकनाथ शर्मा, गणेश घिमिरे, दिलमाया राई, दिनेशकुमार प्रधान, टेकबहादुर राई, विमल थापा र गर्जमान राई सांसद निर्वाचित भएका हुन । नेपाली भाषी सांसदको यो संख्या डिएनटीका ३० जना सांसदको करिब एक तिहाइ हो भने प्रत्यक्ष निर्वाचित ४७ जना सांसद संख्याको करिब २० प्रतिशत हो ।

हिमाली राज्य भुटानको ७ लाख ५८ हजार कुल जनसंख्यामध्ये २०१७ को अन्तसम्मको तथ्याङकमा ३५ प्रतिशत ल्होत्साम्पा अर्थात नेपाली भाषी रहेको अन्तर्राष्ट्रिय अध्ययनहरूले जनाएका छन्। भुटानीहरु स्थानीय भाषामा नेपालीलाई ल्होत्साम्पा अर्थात ‘दक्षिणका बासिन्दा’ भन्छन्। सन् १९९० को दशकमा भुटानबाट एक लाख १५ हजार नेपाली भाषी विस्थापित भएर पूर्वी नेपालमा शरणार्थी बनेका थिए, जसमध्ये एक लाख भन्दा बढी तेस्रो मुलुकमा पुनस्थापित भैसकेका छन् ।

संसदको ४७ मध्ये ३० सिट जितेको नयाँ पार्टी डिएनटीका सभापति डा। लोटे छिरिङ सरकार बनाउने गृहकार्यमा जुटेका छन्। डिएनटीले पार्टी सभापति छिरिङलाई नै नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। पार्टीमा करिब एक तिहाई सांसद नेपाली भाषी भएकाले उनीहरू पनि मन्त्रीपरिषदमा समावेश हुने अनुमान गरिएको छ। यसअघि पनि भुटानको संसदमा नेपाली भाषी निर्वाचित हुँदै आएका छन्, जसमध्ये केही मन्त्री समेत भैसकेका छन् ।

नेपाली भाषी सांसदमध्ये हेमन्त गुरुङ पूर्व सांसद हुन् भने जयवीर राई आर्थिक र वित्तीय विज्ञ तथा दिनेशकुमार प्रधान शिक्षाविद् हुन् । यसैगरी लोकनाथ शर्मा यातायात तथा सामुदायिक सेवामा सक्रिय व्यक्ति हुन् । दिलमाया राई विकास विशेषज्ञ मानिन्छिन् भने गणेश घिमिरे व्यापारी हुन् । टेकबहादुर राई सिभिल इन्जिनियर र गर्जमान राई आइटी इन्जिनियर रहेको डिएनटीले जनाएको छ । विमल थापा चाहिँ किसान हुन् ।

व्यवसायिक पृष्ठभूमि हेर्दा नौ जना नै नेपाली भाषी सांसद आ–आफ्नो क्षेत्रमा स्थापित व्यक्तित्व लाग्छन् । भुटानको संसदमा प्रमुख प्रतिपक्षी दल बनेको फुन्सुम शोग–पा (डिटिपी) ले पनि पाँच नेपाली भाषीलाई उम्मेदवार बनाएको थियो । तर यो पार्टीले संसदमा १७ सिट जित्दा एक जना पनि नेपाली भाषी निर्वाचित हुन सकेनन् । नौ जना नेपाली भाषी सांसद जितेको डिएनटीले नेपाली भाषीको बाक्लो बसोबास रहेको भुटानको दक्षिण पश्चिम क्षेत्रबाट राम्रो परिणाम हात पारेको छ ।

सन् २०१३ मा छिरिङ तोग्बेले नेतृत्व गरेको पिपुल्स डेमोक्य्राटिक पार्टी ९पिडीपी० ले पनि त्यही क्षेत्रमा आफ्नो बर्चश्व स्थापित गरेर सरकार गठन गर्न सफल भएको थियो । यसपटकको चुनावमा त्यो क्षेत्रको मत डिएनटीमा सरेको देखिन्छ, जसले गर्दा पाँच वर्षअघि मात्रै गठन भएको यो पार्टीलाई सरकार गठन गर्ने जनमत प्राप्त भयो ।

भुटानमा संसदको निर्वाचन दुई चरणमा हुने प्रावधान छ। संविधानअनुसार पहिलो चरणमा मतदाताले राजनीतिक दल छान्न पाउँछन् । प्रारम्भिक चरणमा देशव्यापी रुपमा सबैभन्दा बढी मत ल्याउने दुई दलले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार उठाउँछन् । दोस्रो चरणको चुनावमा जसले बहुमत ल्याउँछ, सरकार उसैले बनाउँछ। भुटानको संसदमा राजनीतिक दलबाट मात्रै उम्मेदवार हुन पाइन्छ, जसको शैक्षिक योग्यता स्नातक हुनैपर्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -