२०८३ वैशाख ६, आइतबार
१०:५०:४८ राति
- ADVERTISEMENT -

दशमिको दिनमा साउदी स्थित नेपाली राजदुतको आशीर्वाद।

प्रकाशित मिति: २०७५ कात्तिक ४, आइतबार

1888
Shares

साउदी कातिक ४ – हामी सब मिलि मेची र काली आका छौ नेपाली ।खाडिको देशमा, आ आफ्नै भेषमा भेट भा छौ यसपाली ।।

नारा को साथ यसपाली साउदी अरवमा रहेका नेपाली हरुले दशमिको दिनमा टिका लगाई राजदुतको आशीर्वाद लिएका छन् ।

    समयको चक्रब्युहमा रुमल्ली अलि माथी पुगेको अनुभव, पिंजडाको चरी बाहिर निस्केर आफ्नै क्षितिजको खुशिको संसारमा हराएको अनुभव जब हुन्छ तब खाडिका कामदारहरु आ आफ्नै सुर र तालमा रमाउन र रम्न पाउँछन्।

     यसै शिलशिलामा साउदी अरबको अलखर्ज स्थित घुर्नाथा मा नेपालीहरुको सकृयतामा  बिजया दशमिको अबसर पारेर नेपालिहरुको सकृयतामा एउटा भब्य र शभ्य कार्यक्रम सम्पन्न भएको छ।  उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा साउदी स्थित नेपाली राजदुत महामहिम  डा.महेन्द्र प्रसाद सिंहको उपस्थितिमा रमाइलो सँगितिक साँझ सु- सम्पन्न भएको छ। सारै मिठास स्वरका धनी  मित्र रबिङिरिले देश भक्ती  मेरो देश भन्ने गित गाए लगत्तै कार्यक्रमको शुरुवत भएको थियो। राजदुताबासबाट पाल्नु भएका स्थानिय कर्मचारी लगाएत सम्पुर्णलाइ भब्य स्वागत गरिएको थियो। लोक गितका पारखी राम प्रसाद बस्यालको नमुछे आमा दहिमा टीका बोलको गित र पप गायक बिबेक केसिको प्रस्तुतिले कार्यक्रमलाई तताएको थियो भने विभिन्न स्थान बाट आमन्त्रित  मित्र तथा अग्रजहरु नतमस्तक देखिन्थे। सबैको अनुहारमा चमक देखिएको थियो ।

         अझ आश्चार्यजनक त यो छ कि साउदी यस्तो बिश्वको एउटा मात्र..देश हो जहाँ मुस्लिम बाहेक अरु कुनै पनि धर्मको धार्मिक गतिबिधी हुनु भनेको गैरकानुनी हो। यस्तो कठोर कानुन भएको ठाउँमा साँस्कृतिक कार्यक्रम गर्नु नै महान थियो जुन सफल पार्नुमा अमर श्रेष्ठ र वसन्त राईको ठूलो हात रहेको थियो।  राजदुतले हामी बिदेशमा नेपालिहरु एकता हुनु भनेको राष्ट्रिय एकता हो। हामी सबै दाजुभाई हौ। कहिल्यै कुनै पनि कुरामा कसैको पनि मन नफाटोस, दुर्गामाताले हामी सबैको रक्षा गरुन भन्दै आशीर्वाद दिनुभएको थियो।  नेपाली पन झल्काउने उत्कृष्ट खाना र  मान्यजनबाट टिकाको कार्यक्रम पनि रहेको थियो। नेपालिहरुको कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरुले पनि शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रम NA मिडियाले प्रत्यक्ष्य प्रसारण गरेको थियो भने सिमपानी न्युजको रिपोर्टर पनि सहभागी हुने मौका मिलेको थियो। कार्यक्रम निकै भब्य र सभ्य तरिकाले सम्पन्न भएको थियो।    लामो कामको ब्यस्तताका बाब्जुद पनि नेपालमा जसरी नै दशै मनाउने मौका मिलेको थियो। सबैले आ आफ्नो परिवारलाई सम्झिरहेका थिए। सबैमा हर्ष खुसी देखिन्थ्यो। कमि थियो त केबल परिवारको। सबैले सबैलाई शुभकामना दिदै यो सालको दशैं बिदाई गरेका थिए।— ओम पाण्डे, साउदी अरब।. …………

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98