- ADVERTISEMENT -

वैदेशिक लगानी सदुपयोगको ठोस रणनीति बनाउदै एनआरएनएको विज्ञ सम्मेलन आज सकिदैं, प्रत्येक दुई वर्षमा सम्मेलन गर्ने निर्णय

October 14, 2018
1357
Shares
- ADVERTISEMENT -

काठमाडौं, असोज २८

नेपाली संघ एनआरएनएको विज्ञ सम्मेलन वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति बनाउँदै आज सकिँदैछ । विदेशमा रहेका नेपालीहरुको ज्ञान सीप र पूँजीलाई एकीकृत गरि ठोस रणनीतिक योजना तयार गर्न लागिएको एनआरएनएले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

राजधानीको सोल्टी होटलमा विगत तीन दिन देखी चलिरहेको सम्मेलनबाट आएको निष्कर्षलाई स्वेतपत्रका रुपमा सरकारलाई बुझाइने विज्ञ सम्मेलनका एनआरएनएका उपाध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । यसअघि १० अर्बको संयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएको एनआरएनएले सम्मेलनबाट ठोस निर्णय गर्ने पन्तले बताउनुभयो ।

विदेशमा सिकेको ज्ञान सीप पूँजीका साथै लगानी र प्रविधि भित्र्याउने विषयमा सम्मेलनले विशेष रणनीतिक योजना बनाउने बताइएको छ । स्थापनाको १५ वर्षमा एनआरएनएले ठूला ठूला महत्वकांक्षी घोषणा गरेपनि आर्थिक समृद्धि र रोजगारी सृजना गर्ने सवालमा ठोस परिणाम आउन नसकेको भन्दै आलोचना भने भईरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यद्यपी संयोजक पन्तले भने संस्थागत र नीजि तवरबाट समेत उल्लेख्य काम गरिरहेको दावी गर्नुभयो । भूकम्पपछिको पुर्ननिर्माण, गोरखाको लाप्राका एकीकृत बस्तीसँगै नीजि तर्फबाट स्वास्थ्य, वित्तिय क्षेत्र र पर्यटन क्षेत्रमा एनआरएनएले उल्लेख्य लगानी गरिरहेको उपाध्यक्ष पन्तले बताउनुभयो । पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलन अब प्रत्येक दुई दुई वर्षमा गरिने संघले जनाएको छ । ३ दिने सम्मेलनका क्रममा खासगरी ऊर्जा, पर्यटन र कृषिसँग सम्बन्ध्ति विभिन्न १ सय ६० कार्यपत्रमा छलफल जारी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -