२०८३ वैशाख ८, मंगलबार
३:४१:५९ दिउँसो
- ADVERTISEMENT -

वैदेशिक लगानी सदुपयोगको ठोस रणनीति बनाउदै एनआरएनएको विज्ञ सम्मेलन आज सकिदैं, प्रत्येक दुई वर्षमा सम्मेलन गर्ने निर्णय

प्रकाशित मिति: २०७५ असोज २८, आइतबार

1406
Shares

काठमाडौं, असोज २८

नेपाली संघ एनआरएनएको विज्ञ सम्मेलन वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति बनाउँदै आज सकिँदैछ । विदेशमा रहेका नेपालीहरुको ज्ञान सीप र पूँजीलाई एकीकृत गरि ठोस रणनीतिक योजना तयार गर्न लागिएको एनआरएनएले जनाएको छ ।

राजधानीको सोल्टी होटलमा विगत तीन दिन देखी चलिरहेको सम्मेलनबाट आएको निष्कर्षलाई स्वेतपत्रका रुपमा सरकारलाई बुझाइने विज्ञ सम्मेलनका एनआरएनएका उपाध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । यसअघि १० अर्बको संयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएको एनआरएनएले सम्मेलनबाट ठोस निर्णय गर्ने पन्तले बताउनुभयो ।

विदेशमा सिकेको ज्ञान सीप पूँजीका साथै लगानी र प्रविधि भित्र्याउने विषयमा सम्मेलनले विशेष रणनीतिक योजना बनाउने बताइएको छ । स्थापनाको १५ वर्षमा एनआरएनएले ठूला ठूला महत्वकांक्षी घोषणा गरेपनि आर्थिक समृद्धि र रोजगारी सृजना गर्ने सवालमा ठोस परिणाम आउन नसकेको भन्दै आलोचना भने भईरहेको छ ।

यद्यपी संयोजक पन्तले भने संस्थागत र नीजि तवरबाट समेत उल्लेख्य काम गरिरहेको दावी गर्नुभयो । भूकम्पपछिको पुर्ननिर्माण, गोरखाको लाप्राका एकीकृत बस्तीसँगै नीजि तर्फबाट स्वास्थ्य, वित्तिय क्षेत्र र पर्यटन क्षेत्रमा एनआरएनएले उल्लेख्य लगानी गरिरहेको उपाध्यक्ष पन्तले बताउनुभयो । पहिलो पटक आयोजना गरिएको विज्ञ सम्मेलन अब प्रत्येक दुई दुई वर्षमा गरिने संघले जनाएको छ । ३ दिने सम्मेलनका क्रममा खासगरी ऊर्जा, पर्यटन र कृषिसँग सम्बन्ध्ति विभिन्न १ सय ६० कार्यपत्रमा छलफल जारी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81