- ADVERTISEMENT -

नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्र  सभापतिमा एकेन्द्र थापा निर्वाचित

October 8, 2018
4184
Shares
- ADVERTISEMENT -

टोकियो, २२ असोज २०७५ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिती जापानको क्षेत्रहरमध्य अत्यान्त महत्वपूर्ण मानिएको कान्तो क्षेत्रको चौथो अधिवेशन सौभाद्रपूर्ण वाताबरणमा सम्पन्न भएको छ । अति व्यस्तताको बाबजुत पनि प्रवासमा रहेका कांग्रेसीजनको वाक्लो उपस्थिती रहेको थियो । यसै क्रममा जनसम्पर्क समितीका बिभिन्न क्षेत्रमा भईरहेको अधिवेशनले गर्दा रौनकता बढेको र सघै धेरै क्षेत्रहरुमा सर्वसहमति भए पनि कान्तो क्षेत्रमा अन्तत निर्वाचन माध्यमवाट नै  नयाँ कार्यसमिती चयन गरिएको छ ।

हिजो सम्पन्न भएको निर्वाचनवाट केहि पदमा भने निर्विरोध निर्वाचित भएका छन् , जसमा महिलातर्फ उपाध्यक्षमा नान्सु पाण्डे सह-कोषाध्यक्षमा गिता लम्साल भट्ट, त्यसैगरी महिला सदस्य सुनिता कंडेल निर्वाचीत भएका थिए  भने सभापति लगायत अन्य पदमा भने निर्वाचन भएको थियो । सवैभन्दा धेरै क्रियाशील सदस्य तथा साधारण सदस्यहरु रहेको कान्तो क्षेत्रमा र त्यहि अनुसार केन्द्रीय प्रतिनिधि हुने भएकाले यस क्षेत्र लाई वढि महत्व दिएको देखिन्छ । टोकियो चिवा र साईतामा केनका केहि क्षेत्रहरु समेटिएको यस कान्तो क्षेत्रको सभापति पदको लागी ५ जनाको उम्मेदवारी परेको थियो । जसमा सभापतिका लागि बर्तमान सभापति यदुराम सापकोटा सहित उप-सभापति एकेन्द्र थापा, सचिव विमान सिंह मोक्तान, कार्य-समिति सदस्य केशव पौडेल र गणेश बिष्टले उम्मेदवारि दर्ता गराएका थिए । जसमध्य अन्तिम समयमा आएर  तिन जना उमेद्वारले फिर्ता लिई विमान सिंह मोक्तान र एकेन्द्र थापा विच  प्रतिशप्रधा भएको थियो ।त्यसमध्य एकेन्द्र थापाले विजय हासिल गरेका थिए  भने  विमान सिंह मोक्तान उप विजेता भएका हुन्   त्यसै गरी ३ सदस्यीय खुला उप-सभापतिमा क्रमश दिपेस खत्री ,रामु कंडेल र अर्जुन कंडेल विजय भएका छन् । सचिवमा लोकेन्द्र कुँवर विजय भएका छन् भने  र कोषाध्यक्षमा  यमकान्त कडेंल विजय भएका छन, सह–सचिवमा महिलालाई अनिवार्य भनिएपनि यो पदमा कसैको उम्मेदवारी परेको थिएन । ८ जना खुला सदस्यका लागि १३ जनाले उम्मेदवारि दर्ता भएकोमा क्रमश

- ADVERTISEMENT -

Advertisement
  • १) नेत्र प्रसाद काफ्ले
  • २) प्रिन्सेस खरेल
  • ३) बसन्त आचार्य
  • ४) अर्जुन खरेल
  • ५) सम्भु केसी
  • ६) रमेश भन्डारी
  • ७) देबबहादुर पुन
  • ८) सुरेन्द्र शाही

निर्वाचित भएको  निवार्चन समितिका संयोजक भुपि गोबिन्द श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसअघि भएको क्षेत्रीय अधिवेशनहरुमा कान्तोसगै जोडिएको अर्को महत्वपूर्ण क्षेत्र किताकान्तोको अधिवेशनवाट बिश्वबन्धु भण्डारीको नेतृत्वमा र होकिरिकु (नागोया) क्षेत्रको अधिवेशनवाट कुशल धितालको संयोजकत्वमा ११ सदस्यिय नयाँ समिती सर्वसहमतिमा चयन गरिएको थियो भने सिजुओका क्षेत्रमा सेप्टेम्वर ३० मा हुने तयारी रहेको अधिवेशन ताईफु ( हावाहुरि) का कारण स्थगित

- ADVERTISEMENT -

Advertisement

गरिएको थियो ।

नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रिय समितीको चौथो अधिबेशन सभ्य र भब्य तरिकाबाट सम्पन्न भएको छ । कार्यक्रम सफल पार्न उपस्थित कार्यक्रममा उपस्थित प्रमुख अतिथी नेपाली जनसम्पर्क समिती जापानका सभापती रोशन केसी ज्यु, पुर्व-सभापती तथा महा-समिती सदस्य नारायण सुबेदी ज्यु, निबर्तमान सभापती डिपी कडेल ज्यु पुर्व सभापती बलराम श्रेष्ठज्यु,पुर्व संयोजक भुपी गोबिन्द श्रेष्ठ ज्यु ,महाधीबेशन प्रतिनिधी सुवास लोहनी ज्यु, राजेन्द्र प्रसाद जमरकट्टेल ज्यु, केन्द्रिय प्रतिनिधी तथा उप-सभापती रामकृष्ण बम मल्ल ज्यु, महामन्त्री रामजँग कार्की ज्यु, नेपालबाट पाल्नुभएका जनप्रतिनिधी, स्याङ्जा अर्जुनचौपारी गाँउपालीकाका प्रमुख दिर्घनारायण अर्याल ज्यु, कान्तो क्षेत्रका निबर्तमान सभापती प्रेम कडेल, किता कान्तो सभापती बिश्वबन्धु भन्डारी निबर्तमान सभापती दयाराम खरेल, एन आर एन ए उपाध्यक्ष अनिता गुरुङ ज्यु, नेपाली जनसम्पर्क समिती जापानका संस्थापक केन्द्रिय सदस्यहरु, पुर्व पदाधीकारी, काउन्सिल सल्लाहाकारहरु, बर्तमान कार्य समितीका पदाधीकारी सल्लाहाकारहरु, केन्द्रिय तथा क्षेत्रिय समितीका सदस्यहरु, क्रियाशील तथा साधारण सदस्यहरु, शुभेच्छुकहरु सबैमा हादिक आभार ब्यक्त गर्न चाहान्छु ।

कार्यक्रम सौहार्दपुर्ण बाताबरणमा सम्पन्न गर्न लाग्ने स्वयमसेवकहरु ,अधिबेसनको मिती सँगै अधिबेसन सफल पार्न लाग्ने कार्यसमितीका साथीहरु सबैमा हार्दिक आभार ब्यक्त गर्दछु ।

सभ्य र धाँदलीरहित अधिबेशन गराउन हाम्रो आग्रहलाई स्विकार गर्दै निर्वाचन समितीको संयोजक रहेर सहयोग गर्नुहुने भुपीगोबिन्द श्रेष्ठ ज्यु, सदस्यमा रहेर निरन्तर खटेर काम गर्ने रिसीराम कडेल ज्यु, घनश्याम शर्मा गौतम ज्यु सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

तेस्रो कार्यसमितीमा रहेर मँ सगै २६ महिना सम्म काम गर्ने कार्यसमितीका साथीहरु निरन्तर सहयोग गर्ने अग्रज ज्युहरु, नँया कांग्रेस साथीहरुलाई हार्दिक नमन गर्दछु ।

चौथो अधिबेशनबाट निर्वाचित सभापती एकेन्द्र थापा सहित नँया कार्य समितीलाई हार्दिक बधाई र शुभकामना ब्यक्त गर्दछु ।

  • सभापती-एकेन्द्र थापा ज्यु
  • महिला उपसभापती-नान्सु पाण्डे
  • उपसभापती-दिपेस खत्री
  • उपसभापती -रामु कडेल
  • उपसभापती-अर्जुन कडेल
  • सचिब -लोकेन्द्र कुवँर
  • सहसचिब
  • कोषाध्यक्ष-यमकान्त कडेल
  • सहकेषाध्यक्ष-गिता लम्साल भट्ट

सदस्यहरु

  • १) नेत्र प्रसाद काफ्ले
  • २) प्रिन्सेस खरेल
  • ३) बसन्त आचार्य
  • ४) अर्जुन खरेल
  • ५) सम्भु केसी
  • ६) रमेश भन्डारी
  • ७) देबबहादुर पुन
  • ८) सुरेन्द्र शाही
  • ९) सुनिता कडेल

नवनिर्वाचित कार्य समितीलाई निर्वाचन  निर्वाचन समिती र केन्द्रिय प्रतिनिधीज्युहरुसँग सल्लाह गरी छिटै कार्यकाल हस्तान्त्रण गरिनेछ ।

बिगत २६ महिनामा संगै मिठो साथ दिएर काम गर्न साथ दिने मित्र बिमानसिङ् मोक्तान प्रती सदा आभारी छु ।

अन्तमा चुनाबी प्रतिस्प्रधामा रहेर पनि उमेदवारी फिर्ता लिने साथीहरु, केशब पौडेल, गणेश बिस्ट, गौरादेबी सापकोटा  लगायत साथीहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ।

निर्वाचनबाट चुनिन नसकेपनि कांग्रेसप्रती ठुलो आसा राखेर संगठनप्रतीको मायाले उमेदवार रहनु भएका सबै साथीहरुलाई हार्दिक धन्यबाद । तपाईहरुको मायाले संगठनलाई बलियो बनाउन नँया उर्जा थपिएको छ । हामी भोलीका दिनमा संगठनलाई बलियो बनाउन सँधै लागिरहने छौ। धन्यबाद ।

जय नेपाल

यदुराम सापकोटा

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -