२०८२ चैत २९, आइतबार
१२:१७:२८ राति
- ADVERTISEMENT -

जनसम्पर्क समिती जापान कान्तो क्षेत्रको चुनावी चहलपहल बढ्यो

प्रकाशित मिति: २०७५ असोज २०, शनिबार

3512
Shares

टोकियो, २० असोज २०७५ । नेपाली जनसम्पर्क समितीका बिभीन्न क्षेत्रमा भईरहेको अधिवेशनले गर्दा रौनकता बढेको छ, केहि क्षेत्रहरुमा सर्वसहमतीमा नयाँ समितीहरु भए पनि सवैभन्दा धेरै क्रियाशील सदस्य तथा साधारण सदस्यहरु रहेको कान्तो क्षेत्रमा भने चुनावनै हुने संकेत देखिएको छ । त्यसैले पनि आउदो सेप्टेम्वर ७ आईतवार टोकियोमा हुने कान्तो क्षेत्रको अधिवेशनको चहलपहलले झन् टोकियोमा रहेका कांग्रेसीहरु जुरमुराएका छन् । टोकियो चिवा र साईतामा केनका केहि क्षेत्रहरु समेटिएको यस कान्तो क्षेत्रको सभापति पद आफ्नो पक्षमा पार्नका लागि पुर्ण तयारी सहित ५ जनाको उम्मेदवारी परेको छ ।

सभापतिका लागि बर्तमान सभापति यदुराम सापकोटा सहित उप सभापति एकेन्द्र थापा, सचिव विमान सिंह मोक्तान, कार्यसमिति सदस्य केशव पौडेल र गणेश बिष्टले उम्मेदवारि दर्ता गराएका छन् । महिला उपसभापतिका लागि गौरा देवि सापकोटा र नान्सु पाण्डेको उम्मेदवार परेको छ । ३ सदस्यीय खुला उपसभापतिका लागि ७ जना, सचिव र कोषाध्यक्षका लागि २/२ जना र ८ सदस्यिय खुला सदस्यका लागि १३ जनाले उम्मेदवारि दर्ता गराएको निवार्चन समितिका संयोजक भुपि गोबिन्द श्रेष्ठले जानकारी दिनुभएको छ
उपसभापतिका लागि रामु कँडेल, दिपेश खत्रि, घनश्याम कंडेल अर्जुन, गोविन बहादुर क्षेत्री खड्का, रोशन अधिकारी, बिमला कुमारी शाउद र रामकुमार सिम्खडालका साथै सचिवमा लोकेन्द्र कुँवर र दिनेश अधिकारीले उम्मेदवारि दर्ता गरेका छन् ।

सह–सचिवमा महिलालाई अनिवार्य भनिएपनि यो पदमा कसैको उम्मेदवारि परेको छैन ।

त्यसैगरि महिला सह–कोषाध्यक्षामा गिता लम्साल भट्ट र महिला सदस्यमा सुनिता कडेल सर्वसहमतीमा चयन हुनुभएको छ ।
निवार्चान कार्यतालिका अनुसार आईतवार उम्मेदवारी फिर्ता र अन्तीम नामावलि प्रकाशन गरिने कार्यक्रम रहेको निर्वाचन समिती संयोजक स्रेष्ठले जानकारी दिनुभएको छ । कान्तो क्षेत्रमा सहमतिमा निर्वाचन होस् भन्ने सवैको चाहाना भईरहेको वेला चुनाव हुने संकेत देखिएपछि केन्द्रीय सभापति लालबहादुर केसी(रोशन) ले महाधिवेशन समिती सदस्य महाधिवेशन प्रतिनिधी पुर्व सभापतीहरु तथा कार्यसमितीका सदस्यहरुसहित बिषेश बैठक बसाउने तयारी थाल्नुभएको खवर प्राप्त भएको छ यसैबिच आउदो सेप्टेम्वर ९ तारिख हुने भनिएको नेपाली जनसम्पर्क समिती कान्साई क्षेत्रको अधिवेशन भने बिषेश कारणले स्थगित गरिएको त्यहाँवाट रिषी सापकोटाले जानकारी दिनुभएको छ ।

स्मरण रहोस् यसअघि भएको क्षेत्रीय अधिवेशनहरुमा कान्तो सगै जोडिएको अर्को महत्वपूर्ण क्षेत्र किताकान्तोको अधिवेशनवाट बिश्वबन्धु भण्डारीको नेतृत्वमा र होकिरिकु(नागोया) क्षेत्रको अधिवेशनवाट कुशल धितालको संयोजकत्वमा ११ सदस्यिय नयाँ समिती सर्वसहमतिमा चयन गरिएको थियो भने सिजुओका क्षेत्रमा सेप्टेम्वर ३० मा हुने तयारी रहेको अधिवेशन ताईफु( हावाहुरि) का कारण स्थगित गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16