२०८३ वैशाख ८, मंगलबार
४:०४:३५ दिउँसो
- ADVERTISEMENT -

साउदी जेलमा रहेका गाेरखाका कुमार रानालाई फिर्ता ल्याउन क्षतिपूर्ति रकम बुझाइयो

प्रकाशित मिति: २०७५ असोज १९, शुक्रबार

1450
Shares

काठमाडौं, १९ असोज २०७५ । साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन ‘गोरखा कुमार राना उद्धार अभियान’ मूल समितिले परराष्ट्र मन्त्रालयमा रकम बुझाएको छ ।

साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति रकममध्ये मूल समितिले परराष्ट्र मन्त्रालयमा २ लाख साउदी रियाल (६२ लाख ७४ हजार रुपैयाँ ) बुझाएको हो ।

बाँकी रकममध्ये ४४ हजार घाइतेले छुट गरेको र ५० हजार कुमार राना मगर कार्यरत कम्पनीले ब्यहोरेकाले मूल समितिले २ लाख रियाल पठाएको हो ।उक्त रकम बिहीबार मूल समिति संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाकी पत्नी अम्बिका रानामगरले परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्णप्रसाद ढकाललाई बुझाएका हुन् ।

रकम बिहीबार नै साउदीस्थित नेपाली दूतावास पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । कुमार राना मगरको उद्धारका लागि नेपाल, साउदी अरबलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले रकम संकलन गरेका थिए । कुमार राना उद्धारका लागि सञ्चालित अभियानबाट संकलित रकम प्रभु बैंक कलंकी शाखामा जम्मा गरिएको छ । अभियानबाट करिब ७८ लाख रुपैयाँ संकलन भएको छ ।

कुमार रानाको उद्धारका लागि आवश्यक रकम संकलन भएकाले सहयोग संकलन अभियान बन्द गरिएको मूल समितिले जनाएको छ । कुमार रानाको उद्धारपछि बचत भएको रकम उनीजस्तै समस्यामा पर्ने अन्य व्यक्तिलाई सहयोग गर्ने मूल समितिको निर्णय छ ।

२०७१ सालमा साउदी अरबको खलिद एस अल कम्पनीमा काम गर्न गएका कुमारले चलाउने गाडीको ठक्करबाट २०७३ वैशाख १२ गते साउदी नागरिक खलिद विन फहाद विन सदर घाइते भएका थिए ।

घाइतेको माग अनुसार अफिफ जनरल कोर्टले २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको थियो । उक्त रकम तिर्न नसकेपछि कुमार २०७४ असोजदेखि साउदी अरबको जेलमा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81