टोकियो, ३ असोज, २०७५ । पछिल्लो समय चर्चित टेलिभिजनका कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता पत्रकार रबि लामिछाने जापान आउने दिन नजिकिदै गर्दा जापानका नेपाली ठगहरु आतंकित भएका छन् ।
पछिल्लो समय रोज़गारीको राम्रो गन्तब्य मानिएको जापान यतिवेला चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने जापान आउने कुराले निकै चर्चा पाएको छ । विशेषगरी ठगीको बिषय तथा दलाली बिषयलाई उठाएर आम जनमानसको मनमा बस्न सफल तथा सबैको विश्वास जित्न सफल प्रत्रकार रवि लामिछाने सामु पक्कै पनि जापानमा पनि आम गुनासाहरु सुनाउने छन् । असी हजार भन्दा वढि नेपालीको वसोवास रहेको जापान पनि नेपालीले नेपालीलाई नै ठगेका घटनाहरु वेलाबखत आउने गरका छन् । त्यस कारण पनि बिशेष महत्व हुनेछ रवि लामिछानेको जापान बसाइ ।
- ADVERTISEMENT -
कार्यक्रम संचालक रबि लामिछानेलाई आफुलाई ठगिएको कुराका बारेमा जानकारी गराउने हुन् कि भनेर जापानका ठगहरुले आफ्ना कामदारहरुलाई फकाउने गरेको गोप्य सुचना प्राप्त हुन थालेको छ । जापानमा काम गर्न आएका नेपाली कुकले नियमित काम गरे बापत आफुले कयौ महिनादेखि तलब पाएका छैनन । जापानमा काम लागाइदिन्छु भनी भिसाको पैसा खाएर बेपत्ता भएका कयौ घटना जापानमा छन् ।
पत्रकार रबी लामिछाने सेप्टेम्वर २१ तारिक शुक्रबार ६ बजे टोकियोको नाकानो जेरो हलमा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुन गइरहेको अन्तरक्रिया कार्यक्रम सहभागी हुन जापान आउँने भएका हुन् ।
- ADVERTISEMENT -
नेपाल पत्रकार महासंघ जापान शाखाले सेप्टेम्बर २१ तारिक आफ्नो तेश्रो साधारणसभा, महासंघद्वारा प्रकाशित ‘प्रवास पत्रकारिता–२’ स्मारिका बिमोचन र रवी लामिछानेसंगको विशेष अन्तरक्रिया कार्यक्रमको प्रचार-प्रसार ब्यापक रुपमा तिब्र रुपमा अधि बढेको आयोजलले जनाएको छ ।
महासंघले साधारणसभा सेप्टेम्वर २१ तारिक शुक्रबार टोकियोको शिनओकुवो स्थित नेपाली मुराहल सोलमारीमा हलमा दिनको १२ बजेबाट सुरु हुनेछ भने रवी लामिछानेसंगको विशेष अन्तरक्रिया कार्यक्रम सोहि दिन २१ तारिक साझ ६ बजेदेखि ८ बजे सम्म टोकियोको नाकानो जेरो हलमा गर्ने कार्यक्रम तय गरिएको छ ।