- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

३६ नेपालीले गरे जापानको फुजी माउन्टेन आरोहण

September 17, 2018
2786
Shares
- ADVERTISEMENT -

टोकियो, १ असोज २०७५ । जापानको यमानासी प्रिफेक्चरमा अवस्थित तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालमा ३६ जना नेपालीले एकैसाथ आरोहण गरेका छन् । जापानमा बस्ने नेपालीले आइतबार सफलतापूर्वक आरोहण गरेका हुन ।

नेपाली समुदायलाई जापानको हिमाल चढाएर त्यहाँको वास्तविकता अनुभव गराउने र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यो कार्यक्रम आयोजना गरिएको त्यहाँ कार्यरत नेपाली अधिवक्ता बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

आरोहणमा २८ पुरुष र आठ महिला गरी ३६ जना नेपाली तथा दुई जापानी नागरिकको सहभागिता थियो । सहभागी ३८ जनाले नै सफलतापूर्वक फुजी हिमाल आरोहण गरेका हुन् । जापानी समयअनुसार शनिबार राति १२ बजेर ३० मिनेटमा आरोहण शुरु भएको थियो । समूहले आइतबार दिउँसो सफलतापूर्वक आरोहण गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -