- ADVERTISEMENT -

अमेरिकामा डा. बाबुराम भट्टराईलाई देखाईयो कालो झण्डा

September 16, 2018
1573
Shares
- ADVERTISEMENT -

अमेरिका, ३१ भदौ, २०७५ । एनआरएनएको सहयोगमा अमेरिका भ्रमणमा रहनुभएका पूर्व-प्रधानमन्त्री बाबुराम भट्टराईलाई शनिवार टेक्ससमा कालो झण्डा देखाइएको छ ।

१७ हजार नेपालीको हत्या गरिएको ‘माओवादी जनयुद्ध ‘ का योजनाकार भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरूले बाबुराम भट्टराईलाई ‘जनहत्याका योजनाकार’ भन्दै अमेरिकाबाट फर्कन भनेका छन । माओवादी जनयुद्धका कारण अमेरिकामा आएर शरण लिने नेपालीको सङ्ख्या करिब ३० हजार रहेको छ । सबैभन्दा बढी माओवादी पीडित क्यालिफोर्निया , न्यु योर्क र टेक्ससमा रहेका छन् ।

विरोध भएता पनि डा.भट्टराईको नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली समुदायको बढ्दो विरोधका
कारण पत्नी हिसिला यमी सहित एक महिना लामो अमेरिका भ्रमणमा आएका भट्टराईको अमेरिका बसाइ सहज नहुने देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -