काठमाडौँ, २६ भाद्र २०७५ । जापानले करीब साढे ३२ करोड बराबरको खाद्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
सन् २०१६ को आर्थिक बर्षमा जापानी सहायता कार्यक्रम मार्फत नेपाललाई दिईने प्रतिबद्धता अनुुरुप ३२ करोड ४८ लाख रुपैयाँ बराबरको चामल नेपालका लागि जापानी राजदुत मासामिची साईगोले आज नेपाल खाद्य संस्थानलाई हस्तान्तरण गर्नुभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमीरेले जानकारी दिनुभयो ।
सहायता कार्यक्रम मार्फतको खाद्य सहयोग गर्ने प्रतिबद्धता अनुरुप ५ हजार १ सय ७४ मेट्रिन टन चामल संस्थानलाई हस्तान्तरण गरिएको जापानी दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो सहायताले खाद्य विकल्पका रुपमा मुलुकको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने तथा आपसी सम्बन्ध बलियो बनाउने विश्वास लिईएको दूतावासले जनाएको छ ।