Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१०:००:५६ राति
- ADVERTISEMENT -

पत्रकार महासंघ जापान शाखाको साधारण सभा हुने, रबि लामिछाने जापान जाने

प्रकाशित मिति: २०७५ भदौ २२, शुक्रबार

2317
Shares

टोकियो, भाद्र २२, २०७५ । नेपाल पत्रकार महासंघ जापान शाखाको वार्षिक साधारण सभा आगामी सेप्टेम्बर २१ तारिख हुने भएको छ ।

साधारणसभा टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा हुने भएको हो । नेपालको अग्रणी बैंक नेपाल बैंक लिमिटेड र नेपाल राष्ट्र बैंकबाट पहिलो रेमिट्यान्स लाइसन्स प्राप्त कम्पनी इजी लिंक रेमिट्यान्सले सहकार्य गरेको छ ।

साधारण सभा बिहान १२ बजे देखि शुरु हुनेछ । साधारण सभामा महासंघका हाल सम्मका गतिबिधिको समिक्षा गरिनुका साथै आर्थिक प्रतिबेदन प्रस्तुत गरिने पनि महासंघले जनाएको छ ।

साथै महासंघको स्मारिका ’प्रवास पत्रकारिता भाग -२’ को बिमोचन गरिनुका साथै पत्रकार अक्षय कोषको पनि घोषणा गरिने महासंघका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो ।

साधारण सभा सकिए लगतै महासंघले सोही दिन पत्रकार रबि लामिछानेको उपस्थितिमा बिशेष अन्तर्कृया कार्यक्रमको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ । खुल्ला अन्तर्कृया कार्यक्रम बेलुकी ६ बजे देखि शुरु हुनेछ ।‘लामिछानेसंग समाज रुपान्तरण तथा सामाजिक समस्याहरुको निराकरणमा संचार माध्यम र संचारकर्मीहरुले खेल्ने भूमिका’लगायतका विषयमा जापानवासी नेपाली समुदायबीच अन्तरकृया गरिने बताइएको छ ।

कार्यक्रममा लामिछानेले आफ्नो पत्रकारिताको अनुभव तथा प्रभाव एवं वर्तमान नेपाली समाजमा संचार माध्यमले खेल्नु पर्ने भूमिकाका विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम तय भएको छ ।

उक्त कार्यक्रममा आमसंचार तथा लामिछानेले प्रस्तुत गरेका सम-सामयिक विविध घटनाक्रमहरुका बारेमा पत्रकार लामिछानेसंग सहभागिहरुले आफ्ना जिज्ञासाहरु राखि अन्तर्कृया गर्न सकिने पनि महासंघले जनाएको छ ।

रबि लामिछाने पछिल्लो समय सत्य तथ्य तथा निष्पक्ष समाचार संप्रेषण गरेर चर्चामा आईरहेका निडर पत्रकारका रुपमा चिनिने चर्चित पत्रकार हुन ।

कार्यक्रममा सहभागिताका लागि महासंघले जापानका सबै संचारकर्मीका साथै आम जापानबासीमा अपिल पनि गरेको छ । पत्रकार महासंघ जापान प्रवास पत्रकारितालाई मूलधारको पत्रकारिता संग जोड्दै पत्रकार तथा पत्रकारिताको हित र सवलिकरण एवं निश्पक्ष सहितको सन्तुलित समाचार सम्प्रेषणमा कृयाशिल रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -