- ADVERTISEMENT -

अबको पार्टी सभापति योग्यता र क्षमताका आधारमा निर्वाचनबाट छानिनुपर्छ : डा.शेखर कोइराला, केन्द्रीय सदस्य नेपाली कांग्रेस

September 2, 2018
2137
Shares
- ADVERTISEMENT -

१७ भाद्र २०७५

नेपाली कांग्रेसमा प्राय जिल्ला जिल्ला घुम्ने र कार्यकर्ताको मन बुझेर त्यसै अनुरुपको रणनीति बनाउने नेतामा पर्छन केन्द्रिय सदस्य डा. शेखर कोइराला । उनले काठमाडौं भन्दा बढि जिल्ला—जिल्लामा विताउँछन । तिनै डा. कोइराला जिल्ला घुमेर फर्केको वेलामा हामीले कस्तो पाउनु भयो नेता कार्यकर्ताको प्रतिक्रिया भनेर सोधेका थियौ । प्रस्तुत छ कोइरालासँग गरेको कुराकानीको सारसंक्षेप :-

- ADVERTISEMENT -

Advertisement

जिल्ला भ्रमण त पटक पटक गइरहनु हुन्छ, के छ निर्वाचनमा पराजय भएपछि त्यहाँका नेता कार्यकर्ताको प्रतिक्रिया ?

साउन देखि म जिल्ला भ्रमणको क्रममा हिडिरहेको छु । जिल्लामा कांग्रेसमा देखिएको गुट उपगुटबाट साथीहरु निरास भएको पाए । उहाँहरुले गुट, उपगुटको राजनीति त्याग्न सुझाव दिनुभयो । पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ ? भन्ने विषयमा धारणा राखे ।

धारणा राख्दा मुलुकको परिस्थिति, कम्युनिष्ट सरकारका क्रियाकलाप, पार्टीभित्र देखिएको विभाजन र त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएँ । यस पटकको भ्रमणका क्रममा केहि फरक आफुले मात्र बोल्ने नभई फ्लोरबाट प्रश्न सोध्न लगाई अन्र्तक्रिया गर्ने प्रयास ग¥यौ । सबै स्थानमा अन्र्तक्रिया ग¥यौ । सुझाव दिने क्रममा एउटा विपीको समाजवाद र पार्टीमा गुट उपकुट त्याग्ने विषय जोडदार रुपमा उठाएको पाए ।

विपीको समाजवादको विषयमा मैले आफ्नो तर्क दिए । योजना आयोगका पूर्व उपाध्यक्षद्वयले पहिला त्यसको अर्थ के थियो ? अहिलेको सन्दर्भमा कसरी अगाडि बढाउनु पर्छ भन्ने विषयमा प्रष्ट पार्नु भयो ।

कार्यक्रममा पुग्दा के अहिलेको परिस्थितिका बारेमा कांग्रेस कार्यकर्ता ज्यादैनै चिन्तित भएको पाइयो । ६÷६ घण्टासम्को कार्यक्रममा पनि उनीहरु हतार नगरी बसे । कांग्रेसका कार्यकर्ता अहिलेसम्म यति लामा कार्यक्रममा सबै बसेको कहिल्यै देखिएको थिएन । यसले अहिले पनि कांग्रेसप्रति मानिसमा विश्वास र आशा रहेको बुझ्न सकिन्छ । त्यो मेरोलागि लेसन बन्यो ।

तपाई सुदुर पश्चिममा घुम्दा टिकापुरसम्म पुग्नुभयो, त्यहाँको अवस्था कस्तो पाउँनु भयो ?

कैलालीको टिकापुरमा अहिलेसम्म पनि कता कता तुस बाँकी रहेको पाइयो । त्यसलाई मैले शान्त पार्ने कोशिस गरे, उहाँहरुले बोल्ने क्रममा आफ्ना केहि धारणा राख्नुभयो । बेग्लै त्यहाँका थारु समुदायका मानिसहरुलाई पनि भेटे । राज्यले अहिलेसम्म पनि छोडेको छैन भन्ने सबैभन्दा ठुलो गुनासो थियो ।

निर्दोशलाई छोड्न तपाईहरुले पहल गरिदिन प¥यो, दोशीहरुलाई छोड्नु पर्छ भन्ने हाम्रो भनाई हैन भन्ने आग्रह उहाँहरुको थियो ।

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससंग एकिकरण भएपछि आफुहरुले जिम्मेवारी नपाएको भन्दै सो पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्ता चिन्तित छन् । गच्छदारसंग कांग्रेसले गरेको सहमति लागु भइरहेको छैन, हामीहरुलाई पेण्डुलम नबनाउनुस् भने ।

निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछिको अवधिमा कार्यकर्ताको मनोवल कस्तो पाउनु भयो ?

कार्यकर्ताको मनोवल गिरेको छ, नर्भस भएका छन् । तर, कार्यक्रममा ६, ७ घण्टासम्म बस्दा पार्टीले ५ बर्षपछि पुनरागमन गर्नका लागि केहि गरिरहेको छ कि भन्ने आशा र भरोसा रहेको बुझ्न सकिन्छ । अरु साथीहरु पनि जिल्ला जिल्लामा गएर पार्टीका साथीहरुसंग अन्र्तक्रिया ग¥यो भने उत्साहित हुन्छन ।

अहिलेको दुई तिहाई बहुमतको सरकारलाई चलखेलका माध्यमबाट हटाएर ५ बर्ष अगाडी नै सत्तामा पुग्नु पर्छ भन्ने धारणा छ कि ५ बर्षसम्म संगठन विस्तारमा लागेर निर्वाचन जितेर मात्रै सरकारमा जानुपर्छ भन्ने छ ?

सरकार दुई तिहाईको भएकाले ५ बर्षसम्म केहि गर्न सकिन्न भन्नेमा उनीहरु स्पष्ट छन् । हामीहरु ५ बर्षसम्म संगठन मजवुद गराउन तर्फ लाग्नु पर्छ भन्ने जिल्लाका सार्थीहरुको बुझाई छ । काठमाडौं र जिल्लाका साथीहरुको चिन्तन फरक छ ।

अहिलेको सरकारसंग जिल्ला जिल्लामा साथीहरु भिड्न तयार छन् । हामीहरु उनीहरुलाई कसरी परिचालन गर्छौ भन्ने विषयले के गर्ने भन्ने निक्यौल गर्छ । जिल्लामा कार्यक्रममा सहभागि भएर फर्केपछि कार्यकर्ता देखेर म उत्साहित भएको छु ।

कार्यकर्ता निरुत्साहित भएर कार्यक्रममा नआउने हुन कि भन्ने लागेको थियो, भयो त्यसको विपरित । कैलालीको टिकापुरमा त राती नौ बजेसम्म कार्यक्रम गर्दापनि कार्यकर्ता हलभरी खचाखच थिए ।

प्रतिवद्ध कार्यकता बाहेक न्युटल खालका मतदातासंग अन्र्तक्रिया हुन पायो कि पाएन ?

न्युटलसंग अन्र्तक्रिया त भयो । तर, जति सोचेको थिए, त्यति हुन पाएन । न्युटल खालका मानिसहरु पनि दुई तिहाई मत भएकाले लोकतन्त्र नै कतै धरापमा पर्ने त होइन भन्ने चिन्तामा छन् । प्राध्यापक र अधिवक्ताहरुले बढि त्यहि चिन्ता भएको पाए ।

न्युटल मानिसहरुको सरकारप्रतिको उनीहरुको मूल्याङ्कन के छ ? सरकारले निरास बनायो भन्ने छ कि गर्दै छ भन्ने छ ?

न्युटल खालका मानिस मैले भेटेको भनेको मतदाता र पार्टी कार्यकर्ता नभएपनि कांग्रेससंग नजिक भएकालाई हो । कम्युनिष्टलाई भेटेको होइन । उनीहरु चिन्तित कहाँ छन् भने राम्रो गरोस भन्ने कामना छ । तर, लोकतान्त्रिक प्रक्रिया नै सखाप पार्छ कि भन्ने चिन्ता उनीहरुमा छ ।

जिल्ला दौडाहा, आगामी महाधिवेशन लक्षित नै होला ? अवको महाधिवेशन हजुरको पोजिशन के हुन्छ ?

अहिले त साथीहरुसंग भेट्ने र कुरा गर्ने गरिरहेको छु । साथीहरुको ‘रेस्पोन्स’ राम्रै पाएको छु । तर, यत्तिको भरमा त अहिल्यै निर्णय गर्न मिल्दैन । यो भन्दा अगाडि पूर्वका आधा दर्जन जति जिल्ला घुमे, अहिले मधयर सुदुर पश्चिमका ५ जिल्ला घुमे । घुम्दा रेस्पोन्स राम्रो छ, यहि मात्रै आधार हो भनेर भन्न सक्ने अवस्टा छैन ।

शेरबहादुर देउवाको विरुद्धमा कोइराला परिवार ‘इन्ट्याक’ हुने सम्भावना छ कि छैन ?

कसैका विरुद्ध इन्ट्याक हुने भन्ने कुरा हुदैन । शेरबहादुर जी पार्टी सभापति हो । उहाँले फेरी दोहो¥याउन चाहनुहुन्छ भने म चाही नदोह¥याउनुस भन्दिन । ‘मोस्ट वेलकम’ भन्छु । तर, साथीहरुले रुचाउछन, रुचाउदैन के छ कस्तो छ भन्ने त उहाँले बुझ्ने कुरा हो ।

किनकि परिस्थिति पहिलेको जस्तो छैन अहिले । उहाँकै जिल्लामा पनि साथीहरुको भनाईलाई आधार मान्ने हो भने उहाँको पक्षमा धेरै नेता कार्यकर्ता छैनन् । उहाँ उठ्छु भन्नु राम्रै हो, पार्टी सभापतिले दोह¥याउदा राम्रै हुन्छ । तर, अरुलाई पनि सभापतिमा उठ्ने अधिकार हुन्छ नि ।

अरु साथीहरुले कसरी लिन्छन भन्ने विषय मात्र हो । अहिलेको भ्रमणका क्रममा भवितव्य कस्तो भयो भने म यताबाट घुम्दैघुम्दै धनगढी पुगे, प्रकाशमान सिंह जि दार्चुलाबाट घुम्दै घुम्दै त्यही आइपुग्नु भयो । राती ११ बजे हाम्रो भेट घनगढिमा भएर कांग्रेसका जिल्ला सभापतिको संयोजनमा खाना हामीले संगै खायौ ।

उहाँहरुलाई प¥यो होला, यीनीहरु मिलेर संगै हिडिरहेका छन् । हामी दुई जना एकैचोटी पुगेपछि जिल्लाले कार्यक्रम त एउटै गर्ने हो, दुई ओटा कार्यक्रम गर्ने कुरा त हुदैन ।

भवितव्य भएको कार्यक्रमलाई शेरबहादुर जी र उहाँका मानिसहरुले कसरी लिन्छन भन्ने उहाँहरुको कुरा नै हो । मेरो भनाई त सबै केन्द्रिय सदस्यहरु आफ्नो पहिचान बनाएर हिडे भने कार्यकर्ताहरुले जर्ज गर्न पाउँछन्, को ठिक छ, को वेठिक छ भनेर ।

अहिलेसम्म कांग्रेसको संगठन संघीयता बमोजिमको ढाचामा गएको छैन, किन यस्तो भएको हो ?

कांग्रेस संघीय संरचनामा जान नसकेको सत्य हो । कांग्रेसको विधानमा प्रदेशको संरचना भनेर एउटा धारणमा प्रदेश अन्र्तगतका महाधिवेशन प्रतिनिधिहरुले भोट गरेर प्रदेश समिति बनाउने भन्ने उल्लेख छ । तर, सभापतिले तदर्थ समिति बनाउन खोजिरहनु भएको छ । त्यसको म विरोधी हु । तदर्थ समिति बनाएर लिडरसिप विकास हुन सक्दैन ।

अधिवेशनबाट मात्रै नेतृत्व विकास हुन्छ । शेरबहादुर जीमा पनि अधिवेशनमा निर्वाचित हुदै आएर नेतृत्व विकास भएको हो ।

नेविसंघको निर्वाचन, कांग्रेसका पटक पटकका निर्वाचन जितेर आउनु भएको हो, टिका लगाएर उहाँ त्यो स्थानमा पुग्नु भएको होइन । आफु लिडर बन्न निर्वाचित भएर आउने, अहिले अर्कालाई टिका लगाएर नेता बनाउन खोज्ने यो कत्तिको सुहाउने विषय हो । यसमा दोष सभापतिको मात्रै छैन रामचन्द्र पौडेलको पनि छ ।
उहाँपनि टिका लगाएर नेता बनेको होइन, निर्वाचन जित्दै आएर नेता बनेको हो ।

अहिले टिका लगाउने प्रथा जुन सुरु गर्न लागिएको छ, त्यो कांग्रेसका लागि घातक हो । अहिले कांग्रेस नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको निर्वाचन १६५ निर्वाचन क्षेत्रमा गराएको हो । तर, अहिले त्यही पार्टीले २४० निर्वाचन क्षेत्र मानेर पार्टीका मातहतका निकायलाई सर्कुलर जारी गरेको छ, त्यो कत्तिको उपयुक्त हो ।

यसले तपाई हामी कहाँ बढ्दै छौ भन्ने देखाउँछ । कांग्रेसमा अधिवेशनले जति उर्जा प्रदान गर्दै आएको थियो, त्यो उर्जा शेरबहादुर जी र रामचन्द्र जीले टिके प्रथा सुरु गरेर मारी सक्नु भयो । गाउँपालिका बनिसक्यो, गाविसलाई मानेर काम गर्नु कत्तिको उपयुक्त हुन्छ, डेमोक्रयाटिक पार्टीले ।

प्रदेशीक संरचना र स्थानीय तहका संरचना निर्माण त पार्टीको १४ औं महाधिवेशनका लागि पनि गर्न जरुरी छ । फेरी दुई बर्षमा अधिवेशन हुदा परिवर्तन गर्दा केहि विग्रन्न । शेरबहादुर जीले टिका लगाएर गठन गर्ने प्रदेश समिति तीन बर्षका लागि हो भनेर बोल्नु भयो, तीन बर्ष त बाँकी नै छैन । यस्ता क्रियाकलापले कांग्रेस कार्यकर्ताको मनोवल खस्किन्छ । अभियान टाइम्सका साथमा ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -