- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाल विधार्थी संघ न्यु मेक्सिको च्याप्टरले पूर्णता , अध्यक्षमा पाण्डे

August 25, 2018
3790
Shares
- ADVERTISEMENT -

अमेरिका (न्यु मेक्सिको), ९ भदौ २०७५ । नेपाल विधार्थी संघ अमेरिका शाखाले आफ्नो स्थापनादेखि नै अमेरिकामा रहेका तथा नेपालबाट बर्षेनी अमेरिका पढ्न आउने विधार्थीहरूलाई सहयोग गर्दै आइरहेको छ । यस्ता सहयोगहरूलाई अझै विस्तारीत रूपमा अगाडी बढाउनका लागी नेपाल विद्यार्थी सङ्घ अमेरिका शाखाले विभिन्न राज्यहरूमा आफ्नो सङ्गठन बिस्तार गर्ने काम गरिरहेको छ ।

यसै क्रममा, नेपाल विद्यार्थी संघ अमेरिका शाखा अन्तर्गत न्यु मेक्सिको च्याप्टरले नवीन पाण्डेको अध्यक्षतामा सात सदस्यीय कमिटी गठन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त कमिटीले नेपाली न्यु मेक्सिको राज्यमा रहेका मुख्य चार वटा विश्वविद्यालयहरू- University of New Mexico, New Mexico State University, New Mexico Highlands University and Central New Mexico Community College मा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एकत्रित गर्दै विद्यार्थीका समस्याहरू आपसी सहयोगद्वारा सुल्झाउने तथा नयाँ आउने नेपाली विद्यार्थीहरूका लागी विमानस्थल देखि विश्व विद्यालय सम्म लैजाने, नेपाली समुदायसँग घुलमिल हुन मदत गर्ने तथा अन्य सहयोगका कामहरू गर्ने कुरा उक्त कमिटीका सचिव कुशल कंडेलले बताउनु भयो ।

यही शुक्रवार नेपाल विद्यार्थी संघ अमेरिकाका प्रवक्ता त्रिभुवन पाण्डेको अध्यक्षतामा बसेको बैठकले समितिलाई पूर्णता दिएको हो । उक्त बैठकले सचिवमा कुशल कंडेल, कोषाध्क्षमा सम्राट् अधिकारी तथा सदस्यहरूमा अनिश गौतम, निराजन जोशी, सोनल निरौला तथा सफल पौडेललाई नियुक्त गरेको छ ।

गोर्खाली कपको आयोजना

नेपाल विद्यार्थी सङ्घ अमेरिकाले विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउने हेतुले न्यु मेक्सिको राज्यमा फुटबल खेलको आयोजना गर्ने भएको छ । “गोर्खाली कप” नाम दिइएको उक्त लिग सेप्टेम्बरको पहिलो सातादेखि सुरु भई सेप्टेम्बरको अन्तिम सातासम्म चल्ने जानकारी गोर्खाली कपका संयोजक राज रावलले दिनुभयो ।

कार्यक्रममा बोल्दै च्याप्टरका अध्यक्ष नवीन पाण्डेले यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूमाझ एकता र सद्भाभ कायम राख्न मदत पुर्‍याउने बिचार व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com