Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:०५ बिहान
- ADVERTISEMENT -

जापान बस्ने एक नेपालीले यसरी बनाए परिवारको बिचल्ली !

प्रकाशित मिति: २०७५ साउन ३१, बिहीबार

2280
Shares

काठमाडौं, ३१ साउन । १५ वर्षदेखि जापानमा बस्दै आएका एक नेपाली डाक्टर कमल लामिछानेले श्रीमती र छोरीको बिचल्ली पारेका छन् ।

१५ वर्षदेखि जापानमा बस्दै आएका चितवनको कालिका नगरपालिका –७ स्थायी ठेगाना भएका डाक्टर लामिछानेले श्रीमती अनुराधा भट्टराई र छोरी रिजुलाई हेरचाह नगरी सम्पत्ति समेत नदिई अलपत्र पारेका हुन् ।

पीडित श्रीमतीले पति लामिछानेले कुनै हेरचाह नगरेको भन्दै काठमाडौं जिल्ला अदालत काठमाडौंमा अंशबण्डाको मुद्दा नै दायर गरेपछि यस्तो रहस्य खुलेको हो ।

पीडित अनुराधाले गएको चैत ७ गते दर्ता गराएको फिराद पत्रमा मुलुकी ऐन अदालती बन्दोबस्तको ८२ नम्बरले आफ्नो हकमा पुग्ने अंशबन्डाको १,२,३ र १० नम्बर समेतको आधारमा अंशबण्डा नभएको भन्दै अंशको दाबी गरिएको छ ।

जसमा छोरी रिजुको हकमा साक्षीको रुपमा आमाको हैसियतमा र आफ्नो हकमा समेत फिराद माग दाबीसहित अंश दिलाई पाउँ भन्दै निवेदन दिइएको छ ।

मुद्दामा अनुराधाले कमलसँग २०७० असार २६ मा विवाह भएको र विवाह भएको १० दिनमा दुवै जना जापान गएको बताईएको छ । जापानमै पिएचडी गरेका कमल हाल जापानकै सुकुवा युनिभर्सिटीमा कार्यरत छन् । उनी अप्रत्यक्ष रुपमा रेष्टुरेन्ट व्यवसायमा समेत लागेको बताइएको छ ।

उनी दृष्टिविहीन छन् । दृष्टिविहीन भएकै फाइदा उठाउँदै कमलले आफ्नी श्रीमती र छोरीले पाउनु पर्ने अंश समेत नदिई आफुले घरबाट आजका दिनसम्म अंश समेत नलिएको बताउँदै आएका छन् ।

डा. लामिछानेले सबै व्यक्तिहरुको रोहबरमा सबै अंशियारहरु सँगै बसी सम्पूर्ण हिसाब किताब गरेर २०७३ चैत १२ गते मालपोत कार्यालय डिल्लीबजारबाट आफ्नो अंश लिएको परिवार स्रोतले बताएको छ ।

उनले २०७३ फागुन १२ गते आमा, दाई कसैलाई थाहा नै नदिई अंश पाऊँ भनी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उनले पाउनु पर्ने सबै अंश परिवारबाट पाईसकेको बताईएको छ । उनले आफ्नो अंश सबै पाईसके पनि श्रीमती र छोरीलाई अंश पाएको छैन भनी झुटो बोल्दै आएको भनी उनकै श्रीमतीले मुद्दा हालेकी हुन् ।

फिराद मागपत्रमा परिवारको संख्या बढ्दै जाँदा परिवारमा विभिन्न समस्या आउँदा छुट्टाभिन्न होऔं भन्दा केहि सुनुवाई नभएको र पछिल्लो समय परिवारमा थप तनाव हुँदा बोलचाल नै बन्द भएको उल्लेख गरिएको छ । परिवारमा तनावपछि श्रीमानले नै पनि रेखदेख नगरेको कारण निकै कष्टका साथ जीवन चलाउनु परेकाले अदालतको शरणमा पर्नुपरेको उल्लेख गरिएको छ ।

अदालतमा दायर गरिएको निवेदनमा भनिएको छ, ‘हाम्रो घर परिवारमा सम्पत्ति भएर पनि सम्पत्ति नभएजस्तो गरेर बस्नु परेको कारण जीवन सञ्चालन कठीन भएकाले प्रस्तुत फिराद लिई यस अदालतको शरणमा आएका छौं ।’

वादी र प्रतिवादी चितवनस्थित साविकको जुटपानी स्थायी ठेगाना भई हाल काठमाडौंको कुलेश्वर १४ स्थित लिंकमार्गका हुन् । कमल र अनुराधा छोरी सहित जापानमा बस्दै आएको भएपनि परिवारका अन्य सदस्य चितवन र कुलेश्वरमा बस्दै आएका छन् ।

अनुराधाले प्रतिवादी बनाएर श्रीमानसहितका परिवारका सदस्यलाई अदालतमा मुद्दा दायर गरेपनि कमलले छलछाम गरेको बताइएको छ ।

जापानको विश्वविद्यालयको प्रोफेसर जस्तो उच्च तहको हैसियत भएर पनि आफ्नो श्रीमान्ले हामीलाई रेखदेख नगरी पीडित बनाएकोले दुःखको जीवन बाँच्नु परेको अनुराधाले बताईन् । न्यज अभियान

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -