अमेरिका श्रावण २५- विश्व भर बाट उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीहरु अमेरिका आउने क्रम सुरु भैसकेको छ । यसै क्रममा नेपाल बाट पनि बर्षेनी करिब ६००० को हाराहारीमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु अमेरिका आउने गर्दछन। अमेरीकी विश्वविद्यालयहरुमा Fall Session २०१८ को शैक्षिक सत्र August को तेस्रो साता देखि September को पहिलो साता सम्ममा ओरीनटेसन शुरु हुने गर्दछ। नेपाल बाट आइ सके पछाडी अथवा नेपाल बाट आउने क्रममा विद्यार्थीहरु माझ त्यहाको ठाउँ, अवस्था र अन्य विषयमा सम्पूर्ण ज्ञान भैनसक्ने र नया ठाउमा धेरै विद्यार्थी हरुले अनायसमा दुख पाएका घटनाहरु नया होइनन ।नेपाल बाट आइसकेको केही समय यहाँको भाषा, संस्कृति र रहनसहन संग घुलमिल हुनका लागि गार्हो पर्ने कुरा हामी सम्पूर्ण अमेरीका वासी नेपाली हरुमा सर्वविदित नै छ। यसै कुरालाइ मध्यनजर गर्दै, ने वि संघ अमेरिकाले विभिन्न राज्य हरुमा अध्ययन अथवा कामको शिलशिलामा रहनु भएका नेपालीहरुको सहायतामा सोहि ठाउका कलेज , यूनीभर्सीटी मा आउने नया विद्यार्थी साथीहरुलाई सम्भव भए सटल , एयरपोर्ट टु ईनटरनेसनल स्टूडेण्ट्स अफीस या डरमीटोरी सम्म, विमानस्थल देखि विश्वविध्यालय अनक्याम्पस या अफ क्याम्पस सम्म आउन सहयोग गर्ने, त्यहा अध्ययनरत अग्रज , सोफमर बिध्यार्थी नेपाली बिध्यार्थी समुदाय संग एडजस्टमेन्ट को लागी मद्धत गर्ने र अन्य सुचना तथा जानकारी दिने कार्य मा सहजीकरण गर्ने सवै नव आगन्तुक नेपाली विद्यार्थी तथा सम्पूर्ण अमेरिका बासी नेपालीहरुमा जानकारी गराउन चाहन्छौं ।
माथी मेन्सन गरीएका बाहेक का अरु राज्यमा पनि हामीले त्यहाका स्थानिय नेपाली समुदायहरु संग समन्वय गरी यहाहरुलाई सक्दो सहयोग गर्ने प्रतिवध्दता व्यक्त गर्दछौं भनिएको छ।
नेपालबाट आएपछि अथवा नेपालबाट आउने क्रममा विद्यार्थीहरु माझ त्यहाँको ठाउँ, अवस्था र अन्य विषयमा सम्पूर्ण ज्ञान भइनसक्ने र नयाँ ठाउमा धेरै विद्यार्थीहरुले अनायसमा दुख नपाउन भनेर आफूहरुले अभियान सञ्चालन गर्न लागेको नेविसंघ अमेरिकाका संयोजक प्रभात सापकोटाले बताए।