- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जनसम्पर्क समिती जापानद्वारा भेटघाट तथा कांग्रेस नेता पंगेनीप्रति श्रदान्जली ब्यक्त ।

August 6, 2018
3699
Shares
- ADVERTISEMENT -

टेकियो श्रावण २१, २०७५ । नेपाली जनसम्पर्क समिती जापानले आईतवार जापान भ्रमणमा रहनुभएका ने वि संघ बाग्लुग पुर्व सभापति तथा ने वि संघ पुर्व केन्द्रीय सदस्य युवा नेता महेन्द्र प्रसाद कडेल तथा नवलपुरका युवा नेता सि र आर कंडेल सगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाली जनसम्पर्क समिती जापानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा युवा नेता महेन्द्र कंडेलले आफ्ना भनाई हरुराख्नु भएको थियो ।उक्त कार्यक्रम जनसम्पर्क समिती जापानका कार्यवाहक सभापति रामकृष्ण वम मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा जापान भ्रमणमै रहनु भएका अर्का नवलपुरका नेता सी आर कडेलले पनि जनसम्पर्क समिती जापानकै पहलमा गुटवन्दी मुक्त कांग्रेस अभियान चलाउनुभएकोमा सवैलाई धन्यवाद ब्यक्त गर्नुभयो । आगामी  अधिवेशन मिलेर सर्वसहमतीमा सम्पन्न गरि सवैतिर मेलमिलापको सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा हृदयघातका कारण अचानक निधन हुनुभएका स्याङ्जा जिल्ला सभापति तथा पुर्व-सभासद कमलप्रसाद पंगेनीले पार्टीलाई दिनुभएको योगदानको सम्झना गर्दै श्रदान्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिती जापानका नि-वर्तमान सभापति डि पी कंडेल उपसभापति राजेन्द्र प्रसाद जमरकट्टेल, पिताम्बर चापागॉंई लगायत अन्य नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रम समितीका महामन्त्री रामजंग कार्कीले सन्चालन गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com