- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पर्यटन प्रवद्र्धनका लागि जापानमा नेपाल फेस्टिवल हुने

August 6, 2018
2179
Shares
- ADVERTISEMENT -

काठमाडौ । २१ साउन, २०७५ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि जापानमा नेपाल फेस्टिवल हुने भएको छ । विगत १० वर्ष देखि आयोजना हुदै आएको नेपाल फेस्टिवलको निरन्तरता स्वरुप यो वर्ष पनि एनआरएनए जापान र नेपाली राजदूतावासको संयुक्त आयोजनामा सो फेस्टिवल हुन लागेको हो । जापानस्तिथ सम्पूर्ण संघ संस्थाको सह आयोजनामा ११ औं नेपाल फेस्टीबल हुन लागेको हो । फेस्टिवल आगामी २५ र २६ अगष्टमा टोकियोको सेतागाया कु स्थित कोमाजावा ओलम्पिक पार्कमा आयोजाना हुने छ ।

नेपाल र नेपालीको पहिचान, भन्ने नाराकासाथ हुन लागेको सो फेस्टिवलको आन्तरिक तयारी पूरा भएको नेपाली दुतावासले जनाएको छ । शनिबार पत्रकार सम्मेलन मार्फत स्टल बुकिंग पनि ९० प्रतिशत पुरा भएको एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष एवं नेपाल फेस्टिवल–२०१८का संयोजक देविलाल भण्डारीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनले यसपालीको फेस्टिवल विगतको भन्दा फरक र बिशेष रुपमा सम्पन्न हुने बताए । उनले नेपालको पर्यटन प्रवद्र्धनमा काम गरिरहेको जापानिज संस्था नेपाल टुरिजम प्रमोसन एसोसीएसनको प्रत्यक्ष सहभागिता रहने र सोही संस्थाले फेस्टिवलमा नेपाल चिनाउने,बौद्धनाथ स्तुप, स्टेजको पछि स्क्रिनमा लगातार नेपाल सम्बन्धि जानकारी दीने संदेश मुलक भिडियो तथा बायोग्राफीहरु प्रदर्शन भैरहने व्यवस्था मिलाईएको बताए । सो फेस्टिवलले नेपाल र नेपालीको कला (संस्कृति , भेषभूषा ,खाना ,र पर्यटकिय सौन्दर्यताको प्रचारसँग नेपालमा पर्यटक प्रवद्र्धनगर्दै लगानी भित्राउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -