- ADVERTISEMENT -

साउदी अरबमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न।

August 5, 2018
2616
Shares
- ADVERTISEMENT -

      श्राबण २० साउदी -साउदी अरबको रियाद, अल्खर्जमा अल्मराई कम्पनिमा कार्यरत नेपालीहरुको साँस्कृतिक समूह नेपाली संगित समर्पणले गत शुक्रबार “नेपाली संगित समर्पण म्युजिकल इभेन्ट”  ऐतिहासिक तबरले सम्पन्न गरेको छ।  जहाँ नेपालबाट विभिन्न पेशामा आएका उच्च पदाधिकारि सम्मका आगन्तुकले भरपुर मनोरंजन लिएका थिए। नेपाली बनावटको परिकार, नेपाली सँस्कृती झल्कने पोशाक,नेपाली मन भएका र नेपाली पन लिएर सयौंको संख्यामा जोशिला, रसिला र हसिला थुप्रै जमात हरुको घुइँचो लागेको थियो। सबै कुशल र दक्ष्य नेपाली जनशक्तिहरुको बाहुल्यता रहेको थियो। 

    मनमोहक दृष्य, दुलही झै सिंगारिएको मन्च, मरुभुमिमा कृतिम नै भए पनि दुबोको चौर, वरिपरि खजुरको बार, हंसिला र जोशिला दर्सकहरु देख्दा लाग्थ्यो नेपालमा नै कतै ठूलो र रमाइलो मेला लागिरहेछ। सामान्य रुपमा काम गर्ने देखि राजदुताबास परिवारको समेत उत्साह जनक उपस्थिती थियो।

- ADVERTISEMENT -

Advertisement

        साँझ ढल्कंदै थियो, उमंग बढ्दै थियो अनि एकापसमा खुसी साटासाट गरिरहेका दृष्य अरु लोभलाग्दो देखिन्थ्यो। कुशल बक्ता, प्रखर गायक तथा उत्कृष्ट बक्तित्वकला भएका कार्यक्रम सँचालक रबिन गिरिले कार्यक्रम संचालन हुन गैरहेको जानकारी गराउनसाथ सबै जमात मंन्चतिर तांती लागेर ओइरिएका थिए। सबै माझ तालिको गडगडाहट सुनिन्थ्यो। कार्यक्रम शुरु हुन गैरहेको थियो।

          दिप प्रज्वलन गरेर दुताबासका आनन्द शर्माले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। आयोजकको टिमबाट सामाजिक भाबनामा जागरुक नाथन शर्माले  स्वागत भाषण गर्नु भएको थियो। NSS( नेपाली सँगित समर्पण) लाई निरन्तरता दिनु पर्ने अनि यसको महत्व प्रस्ट्याउँदै सबैलाई स्वागत गर्नु भएको थियो।सबै NSS ग्रुपलाई चिनारी गराइदिनेकाम रियाद क्षेत्रका प्रखर बक्ता तथा अन टाइम टि भि का प्रबन्ध निर्देशक नीर सुनुवारले दिनु भएको थियो।कार्यक्रमका प्रायोजक friendy mobile का मार्केटिङ मेनेजर रुद्र कार्किले  सस्तो नेटवर्क , सजिलो नेटवर्क,  friendy मा छ भनी जानकारी दिनु भएको थियो भने फ्री सिमका साथमा 10 रियाल ब्यालेन्सको पनि ब्यबस्था गर्नु भएको थियो।  मेरिल्यान्ड होटलका chairman  अमर श्रेष्ठले हाम्रो गन्तव्य नेपाल रहेको र बिदेशको कमाई स्वदेसमा लगानी गर्न हौसला दिनु भयो। 11 जनाको लागानिमा खोलिएको होटलमा सबै इक्छुकहरुलाई आवद्ध हुन पनि आग्रह गर्नु भयो। राज दुताबास नियोग उप प्रमुख आनन्द शर्माले संगित मानव जिबनमा नभै नहुने हो यस्को संर्क्षण गर्नु पर्छ भन्दै आयोजक समूहलाई हौसला दिनु भयो। यस्तो कार्यको लागि दुताबासले सकेको सहयोग गर्ने कुरा पनि जानकारी गराउनु भयो। अकल्पनिय उपस्थिती रहेको सो साँगितिक कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबासका नियोग उप-प्रमुख आनन्द प्रसाद शर्माले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाली संगित समर्पणका अध्यक्ष तथा लोक दोहोरी गायक रामप्रसाद बस्यालले गर्नु भएको थियो। फ्राइन्डी मोबाइलका मार्केटिङ मेनेजर  रुद्र कार्की र मेरिल्याण्ड होटलका chairman  अमर श्रेष्ठ अतिथि हुनुहुन्थ्यो।

 त्यसै गरि मिडिया पाट्नरको प्रतिनिधि गर्दै on time TV का प्रबन्ध निर्देशक निरबहादुर सुनार, नुवाकोट टाइम्सका शिव देबकोटा, तमाङ भ्वाइसका राज दिम्दुङ,सैलुङ अनलाइनका नबराज योन्जन, PT news का सुजित तमाङ, अर्घाखाँचिका राजु खनाल, तेमल न्युज तथा लाल इनटरटेनमेन्ट, सनराइज जेन , सिमपानी न्युजका प्रतिनिधिहरु अतिथि थिए।  अषाद अलि, श्याम घिमिरे, प्रताप थापा, कृष्ण चोख्याल, चन्द्र बि क, टीका कार्की, नेपाली समाजका अग्रज नारायण गुरुङ,पदम भन्डारी, सलिम जाफर, भुमबहादुर राई,मनोज राई, पुश्प फुयाँल, गणेश पौडेल, रुद्र कार्की, नर बहादुर पुन, शृजना संस्कृतिक समुहका अध्यक्ष्य बिज्ञान राई, विश्व नेपाली साहित्य माहासँघ साखा साउदिका अध्यक्ष्य बिमल बजगाई, पारिवारिक समाज नेपाल रियादका अरुण बेलबासे, नेपाली एकता समाजका अध्यक्ष्य तुलसी बम्जन, नेपाली सहयोगी एकता समाज साउदिका अध्यक्ष खेमराज भट्ट, गृन हाउस कन्सल्टेन्सिका मेनेजर  छोटु थापामगर, नेपाल इन्भेस्टमेन्ट बैंक मार्केटिङ कन्ट्री हेड साउदी अरब (इन्जाज बैक) का आर बि लामा, कन्ट्री मार्केटिङ मेनेजर ( fawri  बैंक)का सागर तमाङ, जितेन पाखृन, महिला कलाकार रिम गुरुङ, राजु थापा,  भिम कुवँर, खुमान सिं,सरद भन्डारी, रत्न मोक्तान, गँगा जिसि, देबि गुरुङ,पुर्न गोले आदिको आतिथ्य रहेको थियो।

औपचारिक कार्यक्रमको अन्त्य र साँस्कृतिक  कार्यक्रम शुरु हुन नपाउँदै सबैले कम्मर हल्ल्याइ रहेका थिए।

   सुमधुर स्वरका धनी ओम गुरुङ ले हेलम्बुको बजार बोलको गितमा सबैलाई नचाउनु भयो भने तिमिलाई मन पराउनु मेरो गल्ती होइन भन्ने गित गाउँदा धेरैको आँखामा आँसु पनि देखियो।  त्यसै गरि कार्यक्रमका सँयोजक रोम लामाले मेहेन्दो मायाँ गित, ढाकै चोलिले जस्ता तमाङ गितले दर्शक सबैलाई  छमछमी नचाएको थियो। त्यसै गरि कुशल गायक तथा मोडल ओम रोदनले तिमी बाहिर गै, नीर जहिल्यै रिसाउने, सुन साईली, पर्ख पर्ख मायालु, सायद तिम्रो बाटोमा मेरो पाइला नहोला भन्दै गित गाउँदा सबै छमछमी मात्र नाचेनन, कोहि भावुक बने, कोहि चकित परे त कोहि कल्पनाको सागरमा पौडिन पुगे भने आकाशमा मन उडाउन पनि थाले । जोशिलो, पेचिलो र दमकदार प्रस्तुती रह्यो। सँगितको बिचमा अतिथी कलाकार रमन परियारले आफ्नो नाचको कला देखाएर सबैलाई चकित पारे। पप तथा र्‍याप गायक बिबेक केसिले कम्मर हल्लाएर नाच भन्ने गितमा सबैलाई मुग्ध बनाइदिनु भयो। त्यसै गरि आयोजक समुहका अध्यक्ष  राम प्रसाद बस्याल र सर्जक/मोडेल सुरज अर्यालले सान्नानिले झुक्यायो मलाई भन्ने गितमा सबैलाई नचाए भने अरबमा आउदा कस्तो समस्यामा पर्छ भन्ने भाब झल्कियको गित ” बुझ्नलाई गार्‍यो भयो अरबिको कुरा मा सबैलाई मुग्ध बनाइदिएका थिए। अतिथी कलाकार द्वय रबिन सुब्बा र नगेश तमाङको पनि धमकेदार प्रस्तुती रहेको थियो। कार्यक्रम सन्चालक तथा साँगितिक समुहका उपाध्यक्ष  रबिन गिरिले सितलु पर्‍यो है परैको बनको  छायाँ ले भन्ने गितमा उत्कृस्ट प्रस्तुती दिनु भएको थियो। अतिथी कलाकार रमण र मिलनले मेरो देश मेरो नेपाल भनेर स्वदेश गान गायर मंच स्तब्ध बनाइदिए। रियाद बाट आएका हाँस्य अतिथी कलाकार खगेन्द्रले विभिन्न नेताहरुको नक्कलमा सबैलाई हँसाएका थिए।  उत्कृष्ट  कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ।        ———–              ओम पाण्डे, साउदी अरब।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -