२०८३ वैशाख २, बुधबार
६:५०:४५ बेलुका
- ADVERTISEMENT -

युएईका अवैधलाई तीन महिनासम्म आममाफी

प्रकाशित मिति: २०७५ साउन १७, बिहीबार

1507
Shares

काठमाडौँ, २०७५ साल श्रावण १७ गते बिहिबार । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न आग्रह गरेको छ ।

युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि तीनमहिने आममाफीको व्यवस्था गरेको छ । यो व्यवस्था आजदेखि लागू भएर आगामी कात्तिक १४ गतेसम्म कायम रहने छ ।

प्रवेशाज्ञाको अवधि सकिएर म्यादभन्दा बढी बसेका र कम्पनी छाडेर भागेका व्यक्तिहरु आममाफीसम्बन्धी व्यवस्थाबाट लाभान्वित हुन सक्ने दूतावासले जनाएको छ । आममाफी व्यवस्थाअनुसार युएइको अध्यागमनको नियमानुसार लाग्ने जरिवाना तथा शुल्कसमेत मिनाहा हुने र भविश्यमा युएई आउँदा हुने सम्भावित प्रतिबन्धबाट समेत छुटकारा पाइने छ ।

त्यसैगरी, वैधरुपमै युएईमै बस्न चाहनेले काम खोज्न युएई सरकारले तोकेको ५०० दिराम (करीब रु १५ हजार) शुल्क तिरी छ महिनाका लागि अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ । नेपाल फर्कन चाहने राहदानी नभएका नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहयोग गर्नेछ ।

त्यस्तै, युएईमै काम खोजेर बस्न चाहनेका लागि राहदानी आवेदन गर्न नेपाली नागरिकता, पुरानो राहदानीको प्रतिलिपि वा प्रहरी प्रतिवेदनसहित सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.11
149.71
EUR
European Euro
1
175.98
176.69
GBP
UK Pound Sterling
1
202.37
203.19
CHF
Swiss Franc
1
191.17
191.94
AUD
Australian Dollar
1
106.27
106.70
CAD
Canadian Dollar
1
108.43
108.87
SGD
Singapore Dollar
1
117.32
117.79
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
21.88
21.96
SAR
Saudi Arabian Riyal
1
39.73
39.89
QAR
Qatari Riyal
1
40.90
41.06
THB
Thai Baht
1
4.66
4.67
AED
UAE Dirham
1
40.60
40.76
MYR
Malaysian Ringgit
1
37.74
37.89
KRW
South Korean Won
100
10.14
10.18
SEK
Swedish Kroner
1
16.28
16.35
DKK
Danish Kroner
1
23.55
23.64
HKD
Hong Kong Dollar
1
19.04
19.11
KWD
Kuwaity Dinar
1
486.73
488.69
BHD
Bahrain Dinar
1
395.26
396.85
OMR
Omani Rial
1
387.29
388.85