- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जुलाई २२ मा जापानका सयौ क्रियाशील कांग्रेसहरु निक्कोमा भेला हुदै!

July 13, 2018
2415
Shares
- ADVERTISEMENT -

आषाढ २९ टोकियो ।जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय समिती को आयोजनामा “गुटबन्दी मुक्त कांग्रेस,हाम्रो कांग्रेस र राम्रो कांग्रेस”नारा सहीत जापानमा रहेका क्रियाशिल कांग्रेसहरुले कांग्रेस जागरणयात्रा तथा बिपी स्मृती दिबस मनाउने भएकाछन्।जनसम्पर्क समिती केन्द्रीय समिती सँग समन्वय गरिएको कार्यक्रम मा जनसम्पर्क समिती जापानका केन्द्रिय सभापती रोशन केसी प्रमुख अतिथी रहने,त्यस्तै पुर्व सभापती ,महासमिती सदस्य,महाधिबेसन प्रतिनिधी,सल्लाहाकार हरु बिशिष्ट अतिथी रहनेछन्।कार्यक्रम सफल बनाउनको निम्ती जापान भरीका कांग्रेसहरुलाई निम्ता गरिएको छ।जापान कांग्रेसमा बिगतमा देखीएको तिक्तता अहिले साम्य भएको र अबका दिनमा जापान कांग्रेसलाई पुर्णरुपमा गुटबन्दी मुक्त गर्ने घोषणा बिपीस्मृतीको दिन गर्ने,सबै किसिमका तिक्तता मेटाउने,नेपालमा भएको चुनाबमा पार्टी पराजय पश्चात जनसम्पर्क समितीहरुको भुमिका र कार्यदिशा के हुनुपर्छ लगयात का कुराहरुमा उपस्थीत कांग्रेसहरु सबैका राय संकलन गरिने ,प्रमुख अतिथी र बिशेस अतिथीहरुसँग अन्तरक्रिया गरिने,सोही दिन नै जनसम्पर्क समिती कान्तो क्षेत्र र अन्य क्षेत्रहरुको आगामी अधिबेसनको बारेमा केही निर्णयहरु हुने नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रिय समितीका सभापती यदुराम सापकोटा ले बताउनुभएको छ।टोकीयो सिनओकुबोबाट बिहान ८ बजे बस चढी  जापानको पर्यटकिय स्थल तोचीगी प्रान्तको निक्को सम्म बसबाट कार्यक्रम सहितको यात्रा गरिने र साँझ ८ बजे टोकियो आईपुग्ने कार्यक्रमको तयारी पुरा भईसकेको बस लगा सबै ब्यबस्था भएको,८० जना बढीले नाम टिपाएर यात्रामा सहभागी हुने कनफर्म गरेको जानकारी समितीका सचिब बिमानसिङ मोक्तानले बताउनुभएको छ।कसैले सुचना नपाएर नाम नटिपाउनुभएको भए यही सुचना पढेर छिटो समिती मा जानकारी दिन समितीले आग्रह गरेको छ।कार्यक्रमलाई ब्यबस्थित र सफल बनाउन केन्द्रिय समितीले पनि ३ जना केन्द्रिय प्रतिनिधी चुनेको छ।जसमा पुर्वसंयोजक तथा बर्तमान केन्द्रिय सल्लाहाकार भुपीगोबिन्द श्रेष्ठ,उपसभापती पुस्करजंग थापा र सहमहामन्त्री प्रेमप्रसाद कडेल रहनुभएको छ। 

कार्यक्रमबारे जानकारी

- ADVERTISEMENT -

Advertisement

दिन :जुलाई २२ आईतबार

समय :बिहान ७:५० सिनओकुबो बाट बस चढ्ने र साझँ ८ बजे आईपुग्ने

- ADVERTISEMENT -

Advertisement

(अन्य ठाँउबाट आफ्नो साधनमा आउनुहुने सबैले पनि जानकारी पहिलै दिएमा आभारी हुने छौ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -