- ADVERTISEMENT -

तिम्रो याद मा यी दुई शब्द !

July 3, 2018
3704
Shares
- ADVERTISEMENT -

तिम्रो याद मा यी दुई शब्द !

खै मेरा शब्द र अक्षरहरु जतिनै मार्मिक शैलिमा कोरिएर तिमि सामु पुगेता पनि आखिर तिम्रो चित्तबुझाऊन सकिरहेको छैन! हेर सफल जिबनयात्रा को मिठो कल्पना बोकेर भौतारिदै हिडेको पनि आज बर्सौं बित्यो तर पनि बर्तमान जिबनमा कुनै परिबर्तन ल्याउन नसक्दा आज दुखि भएको छु !

- ADVERTISEMENT -

Advertisement

आज म आफै बिबशताको कैदि भएको छु ! अतित लाई फर्केर हेर्दा जिन्दगिको उत्थानमा पहल गर्ने समय प्रयाप्त हुन नसक्दा आज तिमिबाट टाढा भएको छु ! आखिर जिन्दगि त जिन्दगि नै हो बाच्न त बाचेकै छु बेदना र छटपटिलाई अँगालो मारेर अनि काउकुति को ऊमंगमा फुल्दै गरेको तिम्रो यौबनमा बाहार ल्याउने मिठो आशामा हरेक मोड घुम्ति र अनेकौ जटिलता सँग संघर्ष गर्दै निरन्तर अघिबढि रहेको छु ! प्रिय जिबनको वासतबिक घटनालाई स्पष्ट पार्दै सुनौलो भबीश्यको लामो पर्खाईमा पर्खि रहेका याद र सम्झना हरुलाइ बर्तमान परिश्थिति भित्र संझौता गरेर ऊज्जल भबिश्य को लागि म भित्र गुम्सिएका समस्त ईच्छा चाहना र आकांक्षा हरुलाई खाडिको यो उजाड मरुभुमि मा आफ्नै शरिर को नुनिलो पानी बालुवामा होम्दै गतिशिल समयको प्रबाह सँगै प्रगतिशिळ पाईलाहरु अघि बढाऊने क्रम लाई निरन्तरता दिईरहेछु !”

भोलि तिमिसंगको शुन्दर भबिश्यको मिठो परिकल्पना बोकेर तिम्रो न्यानो माया पाऊने आशै आशामा एक मुठ्ठि श्वाश बचाई राखेको छु आशा छ मेरो मायालाई यथाबत मनमा जोगाई राख्ने छौ !! म मात्र शदाबाहार तिम्रै लागि बाचेको छु अनि ह्रदयका हरेक पाना पानामा केबल तिम्रा मिठा याद र सम्झना अबिश्मरणिय छन मेरो जित मेरो हार मेरो सुख दुखका हरेक पल हरुमा केबल तिमि नै तिमि छौ म मात्र तिमि भित्रको सिमित मुटु भित्र को हरेक ढुक ढुकी मा बाँचिरहेछु तिमि बिना को मेरो एक्लो जिबनको कुनै अर्थ छैन जिबन भोगाई का सारा पिर ब्याथा भुलेर मात्र तिम्रै निम्ति बाचिरहन्छु “,… !

- ADVERTISEMENT -

Advertisement

ओम पाण्डे ,खाडी बाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -