- ADVERTISEMENT -

जापानमा एक नेपालीको दुखद निधन

May 5, 2018
2933
Shares
- ADVERTISEMENT -

टोकियो बैसाख२२,जापानमा एक नेपालीको साथीहरुसंग सुतिरहेको अवस्थामा निधन भएको छ पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी घर भएका करिव२७ वर्षिय राजु केसि क्षेत्री शुक्रबार बिहान ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन् ।                                                                                                                     रातीको १२ बजे साथीसंग सुतेका केसी यही ४ तारिख विहान ८:४५ तिर उठाउन खोज्दा नउठेपछि संगै सुतेका साथीले प्रहरीलाई खबर गरि एम्बुलेन्स बोलाउदा उनको मृत्यु भैसकेको जानकारी गराएको थियो ।संगै पढेका ३ जना साथीहरु सेन्मोनको पढाई सकेर एउटै कम्पनीबाट रोजगारी भिसा जापान एक नेपालीको दुखद निधन गरेको खुशीयालीमा अघिल्लो साँझ साथीभाइसंग रमाईलो गरी खानपिन गरी राजु सकुशल सुतेको बताइएको छ । सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए ।केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए ।                                                                                राजुको शव अहिले प्रहरीले पोष्टमार्टमका लागि जिम्मा लिएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -