काठमाडौं– दक्षिण कोरियामा नेपालीले नेतृत्व गरेको प्रवासी मजदुर संगठनले प्रवासी कामदार ल्याउने प्रक्रिया परिवर्तन गर्न माग गरेको छ ।

प्रवासी मजदुर संगठन एमटियु र केसिटियुले मे दिवशका अवसरमा सउल फोसिन्गाकमा आयोजना गरेको कार्यक्रममा अहिलेको कामदार लैजाने सिस्टमले प्रवासी कामदार शोषणमा परेको भन्दै प्रक्रिया नै परिवर्तन गर्न माग गरेको हो ।

प्रवासी मजदुरको मानब अधिकार र मजदुर अधिकार सुनिस्चित हुनु पर्ने ,आफ्नो इच्छा अनुसार कम्पनी परिवर्तन गर्न पाउनु पर्ने इपिएस प्रणाली खारेज गरेर डब्लुपिएस प्रणाली लागु गर्नु पर्ने माग गरेका हुन् ।

यस्तै खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्न र कृषि क्षेत्रका मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्न पनि मजदुर संगठनले माग गरेको सचिव मदुसधन ओझाले जानकारी दिए ।

प्रवासी मजदुर संगठन एमटियुको अध्यक्ष उदय राईले प्रवासी मजदुरहरु कोरियामा आउन थालेको ३० बर्ष हुन लाग्दा समेत कोरियन सरकारले उनीहरुको हक अधिकारलाई मान्यता नदिएको बताए ।

प्रवासी मजदुरले विरामी हुँदा समेत काम गर्नु पर्ने वाध्यता भएको भन्दै दासकोरुपम नलिन आग्रह गर्दै यसका लागि दबाब दिन कम्पनी, रोजगार केन्द्र, श्रम विभागमा जाने बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्