२०८३ वैशाख ८, मंगलबार
३:५४:०२ दिउँसो
- ADVERTISEMENT -

सबिना महर्जन, दश वर्षदेखि जापानमा बेपता

प्रकाशित मिति: २०७५ वैशाख १९, बुधबार

1959
Shares

काठमाडौं – २०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन । त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको इच्छा पूरा भएको थियो । भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापान उडेकी थिइन्।

एक वर्षभन्दा बढी जाउलाखेलमा रहेको एक इन्स्टिच्युटमा भाषा सिकेकी १९ वर्षीया सबिनाले सुरुमा भिसा पाउने, नपाउने निश्चित थिएन । जापान गए भाग्य नै चम्कने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौदधुप गरेकी थिइन् ।

जापान गएर भाषा सिक्ने र राम्रो कमाइ हुने सबिनाको जिद्दीका अगाडि महर्जन परिवारले छोरीलाई रोक्न सकेन । जापान जान आवश्यक पर्ने विभिन्न प्रक्रियामा करिब पाँच लाख रुपैयाँको जोहो पनि गरिदियो महर्जन परिवारले । सबिना जापान पुगेको १७ महिनासम्म सोचे अनुसारकै परिस्थिति रह्यो।

दुई वर्षपछि घर फर्कने भनिरहेकी सबिना जापानमा हराएको एक्कासि खबर पाएपछि निराश भएको महर्जन परिवारमा १० वर्ष बितिसक्दा पनि खुसी फर्कन सकेको छैन । सबिनाको खोजीका लागि महर्जन परिवारले सरोकार राख्ने सबै निकायमा खोजी गरे पनि अहिलेसम्म कुनै पत्तो लगाउन सकेको छैन ।

‘छोरीको खोजीका लागि पटकपटक परराष्ट्र मन्त्रालयदेखि जापानस्थित नेपाली राजदूतावास र जापानको प्रहरीसमक्ष निवेदन दिइसकेको छु,’ सानुलालले भने, ‘अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन ।’जापानमा सानो अपराध हुँदासमेत प्रहरीले वास्तविकता पत्ता लगाएर छोड्छ भन्ने चर्चा सुनेका ६९ वर्षीय सानुलालले आफ्नी छोरीको घटना भने किन लुकिरहेको छ भनेर हरेकलाई प्रश्न गरिरहेका हुन्छन्।

‘जापानमा तीव्र गतिमा सवारी चलायो भने पनि प्रहरीले थाहा पाउँछ भन्ने सुन्दै आएको छु,’ उनले भने, ‘मेरी छोरी हराएको १० वर्ष बितिसक्दा प्रहरीले केही थाहा पाउँदैन ।’ २०६५ वैशाख ११ गते (सन् २००८ अप्रिल १३) जापानको फुकुओकामा भाषा सिक्न उडेकी सबिनाले सन् २००९ अगस्ट २६ सम्म परिवारसँग फोनमा सम्पर्क गरेको सानुलालले बताए ।
उनले जापानमा भाषा सिक्नुको साथै एउटा पसलमा काम गरिरहेकी थिइन् । जुन पसलमा काम गर्दा उनको मासिक पारिश्रमिक एक लाख २५ हजार रुपैयाँभन्दा बढी रहेको सानुलालले बताए।

‘छोरीको पढाइ र कमाइ हेर्दा सबै अवस्था ठिकठाक नै थियो,’ उनले भने, ‘तर, एक्कासि सन् २००९ अगस्ट ३१ मा जापानबाट धर्मराज अधिकारीले सबिना कलेजमा नआएको जानकारी दिए ।’ उनै अधिकारीले नै सबिनासहित अन्य १५ विद्यार्थीलाई जापान पु¥याएका थिए । सँगै जापान उडेका विद्यार्थी विभिन्न स्थानमा बाँडिएका थिए भने सबिना फुकुओकामै कोठा लिएर एक्लै बसिरहेकी थिइन्।

‘छोरी हराएको खबर पाएपछि तुरुन्तै खोजतलास गर्न थालेको हुँ,’ सानुलालले भने, ‘न छोरीको हत्या भएको देखिन्छ, न कहाँ छे भन्ने नै पत्ता लाग्छ।’१९ वर्षको उमेरमा जापान पुगेकी सबिनाको बारेमा त्यहाँ बस्दै आएका नेपालीले अनेक आंशका गरिरहेका छन् । खोजीका लागि लामो समयदेखि प्रयास गरिरहेका जापानको सिजुओकामा बस्दै आएका नरेश महर्जन सबिना फेला पार्न जापानमा रहेका सबै नेपाली एकजुट हुनुपर्ने बेला आएको बताउँछन् ।

हाल जापानमा करिब असि हजार  नेपाली रहेको अनुमान गरिन्छ ।त्यस्तै समस्यामा परेका व्यक्तिलाई सहयोग पु¥याउन सिजुओकामै स्थापना गरिएको भोलेन्टियर्स एसोसिएसनका अध्यक्ष मासाहिरो ओनोडा सबिनालाई आर्थिक उपार्जनका लागि कसैले लुकाएर राखेको हुन सक्ने अनुमान लगाउँछन् । ‘कसैले हत्या या कुनै अपराध गरेको भए प्रहरीले थाहा पाउनुपर्ने हो,’ उनले भने, ‘सबिनालाई कसैले झुक्याएर फसाएको हुन सक्छ ।’ कतिपयले युवतीलाई फसाएर यौन व्यापार या नर्तकीको रूपमा प्रयोग गर्न सक्ने समेत आंशका गरिएको छ । नागरिक न्युज

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.71
149.31
EUR
European Euro
1
175.08
175.78
GBP
UK Pound Sterling
1
201.08
201.89
CHF
Swiss Franc
1
190.39
191.15
AUD
Australian Dollar
1
106.45
106.88
CAD
Canadian Dollar
1
108.65
109.09
SGD
Singapore Dollar
1
117.00
117.47
JPY
Japanese Yen
10
9.36
9.40
CNY
Chinese Yuan
1
21.81
21.90
SAR
Saudi Arabian Riyal
1
39.65
39.81
QAR
Qatari Riyal
1
40.80
40.96
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.49
40.65
MYR
Malaysian Ringgit
1
37.62
37.78
KRW
South Korean Won
100
10.11
10.15
SEK
Swedish Kroner
1
16.25
16.32
DKK
Danish Kroner
1
23.43
23.52
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
485.43
487.38
BHD
Bahrain Dinar
1
394.30
395.89
OMR
Omani Rial
1
386.25
387.81