‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन सुरु भएको हो। अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्‍यो।

प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो। सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो।

         नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो। बिभिन्न मजदूर संगठनले सभालगायत विविध कार्यक्रम गरी मजदुर दिवस मनाइरहेका छन।

                 भर्खर मकैमा दूध पस्दै थियो। एक्कासी मध्यरात मा पानी दर्कियो। हस्याङ्फस्याङ गर्दै खहरे थुन्न सिमालिको अगुल्टो हल्लाउँदै प्लास्टिक ओडेर दौडिएका ती धमिला रातका सम्झना अझै ताजै छन। धानको भात खाने लोभमा पाक्नै लागेको त्यो मकै चटक चटक काटेर गोरुलाई खुवाएको त्यो पिडादायिक बिगत सम्झिंदा हरेक असारले खुसी मात्र हैन उत्तिकै मर्माहत पनि बनाउँछ। कासिखोलाको बग्ने पानी हेरेर धाँजा फुटेको खेतमा बगाएका आँसु अझै होलान त्यो खलेगरामा। पानी बिनाका खेतबारी हेर्दै कृषिप्रधान देश भनेर चित्त बुझाउनु पर्ने बिगत अझै सम्म ज्युँका त्युँ छ। राजनितिक परिवर्तन हेर्दा हेर्दै चार पटक नाम परिवर्तन भैसक्यो। पञ्चायत कालमा बनेका अनगिन्ती नहर कुलाहरु प्रजातन्त्रमा भत्किँदै गए। संहार गर्नु त कता हो कता नहरमा बग्ने पानी छिमेकिलाई बेचीन थाल्यो। पहाडमा कुलो खनेर युवालाई कृषिमा स्वरोजगार बन्न प्रेरित गर्नुको सट्टो प्रजातन्त्रले युवालाई खाडिमा बेच्न थाल्यो। प्रजातन्त्रमा धाँजा फुटेका खेत संहार गर्ने युवा नहुँदा गणतन्त्रमा पहिरो जान थाले। पञ्चायत कालमा झापा, मोरङ, सुनसरी बाट मात्रै लाखौ टन बास्मती धान बिदेश निर्यात हुन्थ्यो। आज त्यो उर्वर भूमिका जनता बिदेश बाट आयातित कुहिएका समयावधि सकिएका चामल खान बाध्य छन। त्यो पनि सुलभ भए त हुन्थ्यो नि एक किलो कुहिएको चामलको दाम सय रुपैया पनि स्वभाविक जस्तो लाग्न थालिसकेको छ। पहाडका टारवारिमा फल्ने मकै, कोदो ले दुइचार खडेरीलाई टर्दैनथ्यो। हिजो पहाड खोतलेर अनाज उब्जाउने युवा आज मरुभूमिमा दुबो गोड्न बाध्य छन।

   बढी के लेखौ राजनितिक उधोगपतिहरुको चित्त दुख्न सक्छ। आउँदा असारहरुमा दुधिला मकै नकाटिउन, मजदुरी गरेरै भए पनि सबैले सुखसँग खान,आरामले  सुत्न पाइयोस, दुख गरेर आर्जन गरेको कसैको नलुटिओस,पहिरो गएकै भित्तो भएपनी पुनः आँठा पगेरा बिरिएर आलि लागुन। पहाड खोतलेर अनाज उब्जाउने हातले मरुभूमिमा दुबो गोड्न नपरोस। तराई फाँटमा बाह्रै महिना हरियाली छाइरहोस। सगरमाथाको चिसोले छोएका स्याउ ले खाडिको गर्मिमा आत्तिएका मान्छेको मन शान्त गराओस। कछाडमा फल्ने सुन्तला र कागतिको जुसले युरोप र अमेरिकी सहर ढाकुन।

मजदुर दिवसको शुभकामना म प्रदेशिको तर्फबाट…….ओम पाण्डे, साउदी अरब।।।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्