२०८२ चैत २९, आइतबार
७:२४:०४ बेलुका
- ADVERTISEMENT -

प्रवासी नेपाली, पर्यटन विकास र पर्यटन दुत

प्रकाशित मिति: २०७५ वैशाख १६, आइतबार

2694
Shares

भनिन्छ “ प्रवासमा रहेको प्रत्येक सक्षम र सचेत नागरिक आफ्नो देशको अघोषित राजदुत हो” हामी सवै प्राज्ञ, सीप र लगानी आर्जनको अभिप्रायमा प्रवासमा रहेका हुन्छौ भने हाम्रो प्राज्ञ, सीप र लगानी अन्तिममा देशको विकासमा लाग्ने हुनपर्छ र जुन स्वभाविक हो। हामी अहिले ३ करोड नेपाली मध्ये प्रवासमा भारत छोडेर मात्र लगभग ६० लाख हाराहरी छौ। हामी आफ्ना उद्देश्य परीपूर्तिका  खातिर जसरी विभिन्न पेशा व्यवसायमा कडा मेहनत गर्छौ त्यसैगरी देशप्रतिको अथाह मायासँगै आफ्नो देश पर्यटन, लगानी, सुरक्षित छ भनेर विश्र्वश्त पार्नु सक्नु पनि पर्छ भने नेपाल प्राकृतिक सौन्दर्यता, जल जमिन, जडीवुटी विभिन्न भैबवको उर्वर भुमि हो भनेर चिनाउन सक्नु पनि अर्को पाटो रहन्छ।

विश्र्वका विभिन्न पर्यटन अध्ययनहरुले देखाए अनुसार पनि नेपाल प्राकृतिक सौन्दर्यता, भाषा, सांस्कृतिक विविधता, धार्मिक विविधता र सहिष्णता, विश्र्वकै अग्लो शिखर सगरमाथा मात्र हैन पुर्वी मानविय शभ्यताको बुद्द दर्शनको भुमि र एक चोटी भ्रमण नगरी नहुने स्वर्गीय देशको सुचीमा रहेको सावित देखिन्छ। यसमा प्रवासी नेपालीहरुले जो जहाँ छन् कला, संस्कृति, परम्परा, भेसभुषा, खानपान र नेपालको पर्यटन उधोग र वस्तु उत्पादनको वितरणमा टेवा पुग्ने गरी विदेशमा प्रचार प्रसार गरीरहेका छन्। विभिन्न माध्यमवाट नेपालको पर्यटकीय प्रवर्धन र विकासमा विदेशी समुदायलाई सुसुचित गर्ने र आकर्षण गर्नुको साथै स्थानीय व्यापार व्यवसाय, पहिचान र एकतालाई समेत प्रबल रूपमा विकास र विस्तार गर्न महत्वपूर्ण भुमिका हुन्छ।

अहिलेको विश्वमा दौत्य सम्बन्धको कुटनीतिको जमानाले फेज आउट गरेर श्रोतको कुटनीति, पर्यटन कुटनीति, आर्थिक कुटनीति शक्ति र शन्तुलनको कुटनीतिको विकास भएको छ। हामी विकासशील राष्ट्र भएपनि यस परिप्रेक्ष्यमा नेपालले र प्रवासी नेपालीहरुले प्रविधीको चरम उपयोग गर्दै विकास र पर्यटनका पनि नयाँ अवधारणाहरु अवलम्बन गर्नु जरुरी छ। सिंगापुर, मलेसिया, चिनमा लगायत कयौ देशहरुमा तिनका प्रवासी जनताहरुले विकासमा सहकार्य गरी फडको मारेको ईतिहास पनि उदाहरणीय छ।

नेपालको पर्यटन विकासमा राजदुतावास, कन्सुलर शाखा, वाणिज्य दुतको मात्र नभई पर्यटन दुत र प्रवासी गैर आवासिय संघ संस्थाहरुको विदेशीहरुसँगको सहकार्यले पनि उल्लेखनिय भुमिका रहेको छ। देशको पर्यटन विकासलाई नै मध्य नजर गरी नेपाल सरकार, पर्यटन मन्त्रालयले विश्र्वका विभिन्न देशहरुमा पर्यटन दुत/ प्रतिनीधीहरु नियुक्त गर्ने गरेको छ।

नेपाल सरकार पर्यटन मन्त्रालयले के ध्यान दिनु जरुरी देखिन्छ भने यदि पर्यटन दुत पर्यटन विकासमा टेवा पुर्याउने दुत हो भने पर्यटन दुत किन? केका लागि? योग्यता क्षमता कति हुनपर्छ? सम्बन्धित देशको समुदायसँग घुलमिल गर्नु सक्ने विशेष क्षमता के छ ? सम्बन्धित देशको कला, संस्कृति, भेस- भाषा, शभ्यता, र पद्दतीसँग कतिको नजिक छ र हुन सक्ने योग्य छ? आजको चरम प्रविधि सुचनाको युगमा कतिको अपडेट हुनसक्ने आर्थिक कुटनीतिक व्यक्तित्व छ ? आदी मापदण्ड नभए वालुवामा पानी खन्याउनु हुदैन। “योग्य पर्यटन दुत नियुक्त गरौ’ दिगो पर्यटन विकास गरौ”

अहिले सम्म पर्यटन दुतहरु जहाँ जहाँ भए केही बाहेक सवै औठा छाप मन्त्री जस्ता विभिन्न राजनीतिक दलका भातृ संगठनका कार्यकर्ता, यति मात्र नभई पावरको भरमा एउटै देशमा २ वटा पर्यटन दुत भएको पनि उदाहरण छन्। कहिले नातावाद र कृपावादको भरमा त कहिले राजदुतावसको सिफारिसमा, त कहिले एन आर एन एको सिफारिसमा योग्यता र क्षमता नपुगेका व्यक्तिहरु नियूक्त भए। अब यस्ता कुनैपनि प्रभाववाट नियुक्त गर्नु हुन्न यसमा हाम्रो सधै खवरदारी रहन्छ।

नेपाल अहिले समाजवाद सहितको समृद्दिको वाटोमा लम्कीरहेको छ। वाम गठबन्दनको सपना २/३ बहुमतको स्थिर सरकारले सवै खाले गलत नजिर/प्रवृतिहरु खारेज गर्दै राम्रा काम गर्दैछ। यसमा पनि गलत तरीकाले छनौट नहोस भन्ने हामी चाहन्छौ।

नेपाल सरकार , पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले पर्यटन दुतको छनौट आवश्यक निश्चित मापदण्ड तोकेर योग्यता पुगेका सम्बन्धित देशमा रहेका नेपालीहरुको खुला प्रतिस्प्रधावाट गर्नुपर्छ। खुला प्रतिस्प्रधावाट कम्तिमा सम्बन्धित देशको भाषाको ज्ञान, समुदायसँग घुलमिल क्षमता, पर्यटन कुटनीतिक क्षमता राख्ने हुन सकेमा सवैको सहयोग र सहकार्य पनि सम्भव तुल्याउछ। सोचेको सपना पनि सजिलै पूरा गर्नु सकिन्छ।(पदम सिंह ठगुन्ना ,अन्तराष्ट्रिय नेपाली समाज जापान – अध्यक्ष)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16