- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ठमेलबाट ४६ लाख नगदसहित चिनियाँ र नेपाली नागरिक पक्राउ

May 9, 2024
94
Shares
- ADVERTISEMENT -

 काठमाडौँको ठमेलबाट प्रहरीले एक जना चिनियाँ नागरिक र एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक याओ लिआङलिन र महोत्तरी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ छन् ।

क्षेत्रपाटीस्थित जियाङ्ग सु होटलबाट पक्राउ गरिएको चिनियाँको साथबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३७ लाख नेपाली रुपैयाँ, अमेरिकन डलर, थाइ भाट, भारतीय रुपैयाँ र चिनियाँ युआन बरामद गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

ठमेलस्थित होटल छेङ्दुबाट पक्राउ परेका दीपेन्द्र श्रेष्ठको साथबाट ९ लाख रुपैयाँ बरामद गरिएको सीआईबीका सूचना अधिकारी एसपी होविन्द्र बोगटीले बताए । राजस्व छलेको आशङ्कामा प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com