- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन 

May 1, 2024
101
Shares
- ADVERTISEMENT -

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका बताएका हुन् । 

अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन 

काठमाडौंमा बुधबार आयोजित कार्यषक्रममा मन्त्री पुनले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ प्रतिशत, एसियाली विकास बैंकले ३.६ प्रतिशत र राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको बताए ।

- ADVERTISEMENT -

Advertisement

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वाभाविक रूपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्यांकहरूले बिस्तारै सुधार देखाएको छ,’ मन्त्री पुनले भने, ‘विश्व बैंकले ३.३ प्रतिशत, एडीबीले ३.६ प्रतिशत र हिजो मात्रै राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ । यो नौ महिनाका प्रक्षेपण हुन् । आर्थिक वर्ष अझै तीन महिना बाँकी छ । केही पुँजीगत खर्च हुन्छ । हामीले केही सकारात्मक प्रयत्न गरेका छौं । अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने अनुमान हो ।’ अर्थतन्त्रमा सुधार देखिए पनि ढुक्क भएर अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको अर्थमन्त्री पुनको भनाइ थियो ।

विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा अर्थमन्त्री पुनको जोड थियो । नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्तीहरू भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नमा सरकार रहेको उल्लेख गरे । भारत र चीनबाट ठूलो संख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनले जानकारी दिए । निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको उनको भनाइ थियो ।

नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको पनि मन्त्री पुनको भनाइ थियो । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको पुनको भनाइ थियो । ‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ । यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन,’ मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र बौद्धिक व्यक्तित्वहरू मिलेर चिनुपर्छ ।’

मन्त्री पुनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए । नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको उनको भनाइ थियो । वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरू नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे । हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरूले घाटा ब्यहोरेको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -