- ADVERTISEMENT -

शिक्षाविद् युवराज भन्छन ,” योजना आयोगका नेतृत्वले कुनै तुकको काम गर्न सकेनन्”

March 4, 2024
173
Shares
- ADVERTISEMENT -

 फागुन ,२१

शिक्षा क्षेत्रमा लामो समय विताएर सफल शिक्षाकर्मी बनिसकेका र हाल नीति  योजना अध्यताका रुपमा अनुसन्धानमा सकृय व्यक्तित्व शिक्षाविद् युवराज बस्ताकोटीले भने, ” नेपाली योजना ; देशको स्रोत पहिचान गरेर आवश्यकताका आधारमा भएनन् ,तसर्थ  नतिजा पनि आएन।” यसरी आसन्न १६ औं पञ्च वर्षिय योजनाका लागि सुझाव दिंदै उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

” विस २०१३ मा सुरु भएको नेपालको योजनाबद्ध पञ्च बर्षिय विकास  १५ औं योजनाको समय १ वर्ष बाँकी  छँदा गम्भीर समीक्षा र १६ अौ योजनाबारे सैद्धान्तिक तथा तथ्यांकिय बहस जरुरी छ । नेपाली जनस्तरमा बहश नगराई लिईएका योजना कित असफल छन् कि त ब्याक फाएर (back fire)भएका छन्। 

नेपालले  सन् २०३० सम्म विश्वका मध्यम स्तरीय आय भएको देश र सन् २०४३ सम्म उच्च स्तरीय आय भएको देश सरह बनाउने घोषणा गरेर काम गर्ने भनेको थियोे । दुखका साथ भन्नुपर्छ ,अहिले सम्म योजना आयोगको नेतृत्व गर्ने एक जनाले पनि देश बुझेको देखिएन।नीति तथा कार्यक्रम अपवाद बाहेक सफल हुन सकेनन्। योजनाहरु धेरै त अलपत्र हुने , लागत १० गुणा सम्म बढ्ने र कुनै सम्पन्न भनिएका योजनाहरु उपयोग विहिन  हुने , देश ऋणमा डुब्ने पनि भएका छन् । राष्ट्रिय आवश्यकता अनुसार प्रार्थमिकता तय गर्न नसकेका तथा भ्रष्टाचारका कारण यो दुखद अबस्थामा हामी आएका हौं । 

- ADVERTISEMENT -

Advertisement

जतिसुकै तथ्यांकको गफ दिए पनि नेपाली जनस्तर बढाउन सकेको छैन। अनुपातमा गरिबी घटेको देखिए पनि यसको आधार तासको घर जस्तो विदेशी श्रम नीतिमा भर पर्न परेको छ ।। बस्तु तथा कृषि उत्पादन व्यापक रुपमा घटेको छ । बस्तु निर्यात १ खर्ब हाराहारी मात्रै छ भने बस्तु आयात ९ खर्ब बराबरको छ । अत: विदेशी रकम संञ्चिति समेत पर देशको नीतिको प्रत्येक्ष प्रभाव पर्ने   खालको छ । 

अत:देशको पूँजी :जनशक्ति ,जल जलाधार ,जमिन,जङ्गल , साँस्कृतिक सम्पदा , प्राकृतिक स्रोत आदिलाई भरपुर प्रयोग गर्ने कानुनी व्यवस्था तथा विकास दृष्टिकोण बन्नु जरुरी छ । यसमा धेरै ठुलो तनाब लिनु पनि पर्दैन , केही ऐन संशोधन र देशप्रति नागरिकको विश्वास जगाउन सक्दा पुग्छ ।

यसका लागि केही विश्वसनीय आधार र सुत्रहरु हुन्छन् । केही नीति ,कार्यक्रम र रणनीति हुनुपर्छ । तिनका आधारमा अबको १६ औं योजना भिन्न शैलीमा तय हुनुपर्छ । पुरातन शैलीले गति नलिएको सत्य सावित भएको छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -