प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि दुर्गा प्रसाईं आफैँ पुगे प्रहरी कार्यालय

प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि दुर्गा प्रसाईं आफैँ पुगे प्रहरी कार्यालय
काठमाडौं, १९ कात्तिक । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । प्रसाईँले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि साइबर ब्यूरोले उनलाई बोलाएको थियो। उनी प्रहरी कार्यालयमा नआए पक्राउ गर्ने प्रहरीको तयारीपछि उनी आफैँ ब्यूरोमा पुगेका हुन् ।

