टानको केन्द्रीय सदस्यमा निलहरी समुहबाट बन्जारा उमेदवार

काठमाडौं, २७ साउन । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को केन्द्रीय सदस्यमा पर्यटनव्यवसायी तथा समाजसेवी रामप्रसाद बन्जारा (रिचार्ड)ले उम्मेदवारी घोषणा गरेका छन् । २५ वर्षीय बन्जाराले आगामी साउन ३० गते हुने टानको ४४औं साधारणसभा एवं नयाँ कार्यसमिति चयनका लागि हुने चुनावमा बन्जारालेनिलहरी बास्तोला समुहबाट उम्मेदवारी दिने बताए । १५ वर्षकै उमेरदेखि ट्रेकिङ व्यवसाय एवं पर्यटन प्रवर्धनमा लागेका युवा व्यवसायी राम यामप्रसाद र यमकुमारीको पहिलो सन्तानकारुपमा धादिङको त्रिपुरासुन्दरी–४ कार्कीगाउँमा २०५३ सालमा जन्मिएका हुन् । बन्जाराले काठमाडौंमा सरसफाइ अभियानबाट समाजसेवा यात्रा सुरु गरेका थिए । युवा समाजसेवी बञ्जाराले कोभिड–१९ कोमहामारीमा बेलायतस्थित संस्था खाल्सा–एड इन्टरनेसनलसँगको सहकार्यमा त्रिपुरासुन्दरी–४ सल्यानकोट स्वास्थ्य केन्द्रमा स्वास्थ्य रराहत सामग्री वितरण गरेका थिए । उनी भारत, बंगलादेश, थाइल्यान्ड, इन्डोनिसिया, मलेसिया, सिंगापुरलगायतका देशहरुको भ्रमणगरिसकेका छन् । टान निर्वाचनमा अध्यक्ष पदका लागि तीन व्यवसायी चुनावी प्रतिस्पर्धामा छन् । नीलहरि बाँस्तोला, कमल सापकोटा र बोधराजभण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी संगठनले चुनावी समर्थन गर्नेभएका छन्।

आगामी वर्ष थप १० लाख पर्यटक ल्याउने सरकारको घोषणा

काठमाडौं, आइतबार, १५ जेठ २०७९ । सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने गरी बजेट विनियोजन गरेको छ ।

पर्वतीय पदयात्रीको उपचारमा ‘हिमालयन उद्धार सङ्घ’

काठमाडौं, बिहिबार, १२ जेठ २०७९ । हिमालयन उद्धार सङ्घ नेपालले नेपाली पर्वतीय पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ । वसन्त...

पर्यटन प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको तयारी

लमजुङ, चैत ७ गते । लमजुङमा पर्यटन प्रवर्द्धनका लागि सातौँ लमजुङ महोत्सवको तयारी थालिएको छ । चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म...

सुदूपश्चिमलाई खेल पर्यटनको माध्यमबाट चिनाउनु पर्छ : मन्त्री आले

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन्। सुदूरपश्चिम खप्तड गोल्डकप समापन...

शहिद लखन गाउँपालिकाद्वारा ‘चुलेभिर भ्यू पार्क’ निर्माण सुरु

गोरखा, आइतबार, २२ फागुन २०७८ । गोरखाको शहिद लखन गाउँपालिकास्थित चुलेभिरमा ‘चुलेभिर भ्यू पार्क’ निर्माण हुने हुने भएको छ ।

म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ

गलेश्वर, माघ २३ गते । म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । हिउँमा खेल्न लेकमा जाने आन्तरिक पर्यटकले जिल्लाका...

मेलम्ची खोलाको पुल गृहमन्त्री खाणद्वारा उद्घाटन

काठमाडौँ, शनिबार, २२ माघ २०७८ । गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् ।

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

रामपुर, शनिबार, १५ माघ २०७८ । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै...

टान अध्यक्षमा त्रिपक्षीय भिडन्त

काठमाडौँ, सोमबार, २६ पौष २०७८ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को अध्यक्ष पदका लागि तीन...

ताजा खबर