गोरखाका भीमसेन,बारपाक र गोरखा नगरपालिका किसानले ५ करोडसम्म सहुलियत ऋण पाउने ।

गोरखाका तीन पालिकाका व्यवसायिक किसानहरुले सहुलियतपूर्ण व्याजमा ५ लाख रुपैयाँँदेखि ५ करोड रुपैयाँसम्म व्यवसायिकऋण पाउने भएका छन । गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले राष्टिूय वाणिज्य बैंकसँगसहुलियतपूर्ण कर्जाका लागि बुधबार सम्झौता गरेका हुन् । कृषि पेशा मार्फत किसानहरुलाई उद्यमशिल, स्वरोजगार र आत्मानिर्र्भंर बनाउनका लागि सो सम्झौता गरिएको पालिकाले जनाएको छ। सम्झौता अनुसार पालिकाले सिफारिस गरेका कृषि सहकारी संस्था, कृषि उद्यमी, फर्म, कम्पनीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जाउपलब्ध गराउनेछ । वैँकले नेपाल सरकारको सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यबिधि अनुसार महिलाकृषि उद्यमीहरुलाई ३.५ प्रतिशत र पुरुष कृषि उद्यमीहरुलाई ४ प्रतिशत व्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमति भएकोगोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले बताए । सहुलियत ऋणका लागि वैंकसंग सम्झौता भएका पालिकाहरुले व्यक्ति वा कम्तीमा ५÷५ जनाको समुह, सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी तथा सहकारीलाई मात्र कर्जाका लागि सिफारिस गर्नेछ । त्यस्तै ऋण प्राप्त गरेका व्यवसायीहरुका लागि कृषि उत्पादन वृद्धिकालागि आवश्यक पर्ने पूर्वाधार, सिँचाई, मल, बिउ ढुवानी, बजार व्यवस्थापन, भण्डारण गृह निर्माण र प्राबिधिक ज्ञान पालिकाले उपलब्धगराउने सहमति समेत भएको उनले जानकारी दिए । समयमा किस्ता नबुझाउने ऋणीहरुलाई पालिकाहरुले प्रदान गर्ने सेवासुबिधामा रोक लगाई ऋण असुलीमा बैंकलाई सहयोग गर्ने पनिसम्झौता पत्रमा उल्लेख गरिएको छ । सहुलियत ऋण लिनका लागि उद्यमशीलता सम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।सहुलियत ऋण प्राप्त गरेका ऋणीहरुले समयमा किस्ता रकम तथा ब्याज नबुझाएमा सम्बन्धित पालिकाले उक्त रकम तिर्नका लागिआबश्यक सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । यस्तै सहुलियतमा कर्जा उपलब्ध गराएका ऋणीहरुको व्यवसायको अनुगमनका लागि पालिका प्रमुखको संयोजकत्वमा ६ सदस्यीयअनुमगन समिति समेत गठन गर्ने समझदारी भएको उनले बताए । कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप, बिपत लगायतका अन्य घटनाहरुका कारण क्षति भई ऋणीहरुले ऋण तिर्न नसक्नेअबस्थामा ऋण तिर्नका लागी सहयोग गर्न सम्बन्धित पालिकाले जोखिम न्युनिकरण कोष स्थापना गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।सहुलियत कर्जा मार्फत किसानहरुको क्षमता विकास गरी सक्षम र सवल बनाउने तथा लक्षित कार्यक्रम कार्यान्वयनले गरिबी निवारणमामहत्वपूर्ण योगदान पुग्ने आफुले बिश्वास लिएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टको भनाइ छ ।

घरजग्गाको धितोमा जाने कर्जामा कडाइ

राष्ट्र बैंकले घरजग्गाको धितोमा जाने कर्जामा कडाइ गरेको छ।शुक्रबार २०७९/८० को मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो...

असार २७ गतेदेखि नबिल र बंगलादेश बैंकको एकीकृत कारोबार

काठमाडौं । असार २७ गतेदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिबाट नबिल...

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकले गरे मर्जर सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकले मर्जरका लागि सम्झौता गरेका छन् । शुक्रबार भएको प्रारम्भिक सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा मेगा बैंक नेपाललिमिटेडको तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरूको रुपमा सबल एवम् सक्षमसंस्थाको रूपमा परिचित छन् । मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुखकार्यकारी अधिकृतको रूपमा ज्योतीप्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमादुवै बैंकको सञ्चालकहरूको प्रतिनिधित्व रहनेछ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी १६.१२ अर्ब रहेकोमा दुवै बैंक मर्जरपछिचुक्ता पुँजी ३४.४३ अर्ब रूपैयाँ भएर सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको ५.९२ अर्ब, कर्जालगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५०.४६ अर्ब र निक्षेप तर्फ नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडको १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको १५२.०८ अर्ब रहेको छ ।

गभर्नर अधिकारीलाई सेयर बजार सुधार्न प्रधानमन्त्रीको निर्देशन

बजार १७ महिना यताकै न्यून विन्दुमा आएसँगै लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। नेपाल पुँजी बजार लगानीकर्ता संघले बजारलाई प्रभाव पारिरहेका नियमहरू...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मिनिसो, मिसियो स्टोरमा सामान किन्दा क्यासब्याक

काठमाडौं, १८ जेठ २०७९ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने...

नबिल बैंक युएसडीएबाट सूचीकृत

काठमाडौं, शुक्रबार, २३ वैशाख २०७९ । नबिल बैंकले जिएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ । बैंकले युएस डिपार्टमेन्ट...

शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन हुँदै

काठमाडौँ, सोमबार, १९ वैशाख २०७९ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शङ्कास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म...

सानिमा जनरल इन्स्योरेन्सको नयाँ वर्ष अफर

काठमाडौं, मंगलबार, २९ चैत्र २०७८ । नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका...

विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता

पोखरा, बिहिबार, २४ चैत्र २०७८ । विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका...

ताजा खबर