इलाम केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं : इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसारआज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्पजाँदा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका थिए।

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवारराजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए । मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मतखसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भक्तपुर-२ मा महेश बस्नेतले लिए अग्रता

भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्। उनले ६ हजार ८ सय २४ मत ल्याएका छन्। नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्। अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।

मुस्ताङका तीन सिटमा कांग्रेसको ‘क्लीन स्वीप’

पोखरा । मुस्ताङका १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्यमा कांग्रेसले बाजी मारेको छ । जिल्लामा एमालेले कम्तीमा २ सीट ल्याउने आंकलन...

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गाैचन निर्वाचित

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्। यहाँ सात हजार दुई...

प्रदीप पौडेललाई मुछेर फैलाइएको जग्गासम्बन्धि हल्ला तथ्यहीन, मालपोत कार्यालयले भन्यो निराधार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलका बुबा (डिल्लीरमण)सँग जोडिएर आएको जग्गासम्बन्धी विवादमा उनको बुबाकोसंलग्नता नरहेको पुष्टि भएको छ । मालपोत कार्यालय तनहुँले प्रदीपका बुबा संलग्न भनि आएको जग्गाको कुनै विवरण फेला नपरेकोजानकारी दिएको हो ।  मालपोत प्रमुख चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित पत्रमा जग्गाको विवरण खोजी गर्दा फेला नपरेको उल्लेख छ । कार्यालयको मोठ, रोक्का र कम्प्युटर फाँटमा भिडाएर हेर्दा डिल्लीरमण पौडेलका नाममा कुनै पनि विवरण फेला नपरेको हो ।  तनहुँको साविक ढोरफिर्दी–३ तथा हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित ढोरफिर्दी ३।ख कित्ता नम्बर १३९१ कोक्षेत्रफल जग्गा पौडेलका बुबाको नाममा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । पौडेलको परिवारैसंलग्न नभएको यो विषय बाहिरिएपछि पौडेलले मालपोत कार्यालय तनहुँमा यथार्थ जानकारीका लागि निवेदन दिएका थिए ।  सोहीअनुसार मालपोत कार्यालयले दिएको जवाफमा भनिएको छ, ‘प्रस्तुत विषयमा तपाईंले साविक ढोरफिर्दी–३ हालको शुक्लागण्डकीनपा वडा नं ८ स्थित ढोरफिर्दी ३।ख कि.नं. १३९१ को क्षेत्रफल एक रोपनी जग्गा सोही वडा निवासी डिल्लीरमण पौडेलको नाममा भएनभएको स्पस्ट पारिदिनुहुन भनी दर्ता नं ४७२२ मिति २०७९।०७।२७ बाट यस कार्यालयमा निवेदन दिनु भएकोमा, डिल्लीरमण पौडेलकोनाममा ढोरफिर्दी ३।ख कि.नं. १३९१ को जग्गाको विवरण खोजी गर्दा फेला नपरेको भनी यस कार्यालयको मोठ रोक्का र कम्प्युटरफाँटबाट भिडी आएको हुँदा सोही ब्यहोरा अनुरोध छ ।’  मालमोत कार्यालयले पौडेल नजोडिएको पुष्टि गरेसँगै चुनावको मुखमा उनीमाथि निराधार आरोप लगाइएको पुष्टि भएको हो । एमालेकावरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलको योजनामा भ्रामक आरोप लगाइएको पौडेल निकट स्रोतकोदाबी छ । पोखरेलको मुख्य प्रतिस्पर्धा पौडेलसँग रहेको र पौडेलको लोकप्रियता बढेपछि पराजित मानसिकताका साथ भ्रामक खबरफैलाइएको खुलेको छ । उसो त तथ्यहीन समाचार भूमिगतरुपमा सञ्चारमाध्यमहरुमा इमेल गरिएको थियो ।  निर्वाचनलाई प्रभावित गर्न तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार निर्माण गर्नेहरुले २०५२ सालमा सुकुम्बासी आयोगबाट बाबुकानाममा जग्गा दर्ता गराउन प्रदीप संलग्न रहेको उल्लेख गरेपनि त्यतिबेला निज प्रदीप आफ्नो व्यक्तित्वमार्फत उक्त निर्णय गराउन सक्नेहैसियतमा नभएको उनको उमेरले पनि पुष्टि गर्छ ।

रोबोटले माग्यो प्रदीप पौडेललाई भोट

काठमाण्डौं ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलका लागि रोबोट ले घरदैलो गरेको छ ।  स्वतस्फूर्त रुपमा युवा इन्जिनियरहरुले बनाएको रोबोटले काठमाण्डौं ५ का महाराजगंज, वसुन्धरा, हाडीगाउँ लगायतका क्षेत्रमा बुधबारघरदैलो गर्दै काँगेसका प्रविधिमैत्री युवा नेता प्रदीप पौडेल सहित प्रदेश सांसदका उम्मेदवारहरुका लागि भोट मागेको हो  ।  घरदैलोका क्रममा रोबोटले ” नमस्कार सन्चै हुनुहुन्छ, म नेपाली रोबोट,  यसपालीको काठमाण्डौं ५ को भोट, प्रदीप पौडेललाई ” भन्दैभोट मागेकी थिइन् ।  प्रदीप पौडेल जस्ता युवा नेताको संसदमा उपस्थिति भएमा प्रविधिको विकास सहज हुने र प्रविधिमैत्री नीतिगत व्यवस्था हुने विश्वासकासाथ राबोटको घरदैलो गरिएको सहभागी एक इन्जिनियर बताए । स्वच्छ छविका प्रविधिमैत्री युवा नेता पौडेलका पक्षमा जनलहर बढ्दै गएको र रोबोटले घरदैलो गरे पश्चात मतदातामाझ पौडेल अझलोकप्रिय हुने विश्वास गरिएको छ ।

बाम -लोकतांत्रिक गठबंधनको सचिवालय गोरखा बाट गरिएको फोन लाई बिपक्षले अतिरंजित गरे :बजगाई

गोरखा, संघीय तथा प्रदेश सभाको चुनाव को प्रचार प्रसार को कार्य तिब्रता भै रहेको बेला बिभिन्न माध्यम बाट मत माग्ने कार्य भैरहेको...

ईश्वर पोखरेलप्रति प्रदीप पौडेलको आक्रोश : ‘महामारीमा जनतालाई लुट्नुभयो’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोटहाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन् ।  कााठमाडौं क्षेत्र न ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिष्पर्धीपोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको बताए ।   ‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहान्छु । तपाइँले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाइँलेकेही पनि गर्न सक्नुभएन ।’ पौडेलले भने ।  त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोपलगाए । त्यसैगरी आफूहरुले जनताको जीवनस्तर उकास्नेदेखि जनताको बीचमा गरेका बाचाहरु पूरा गर्ने समेत बताए ।  ‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।’ उनले भने, ‘त्यसकाराणतपाइँको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ ।’  त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे ।

आरुघाट गाऊँपालिका १ मान्बुको वढारमा एक पुरुष मृत अवस्थामा भेटिए।

गोरखा । आरुघाट गाऊँपालिका १ मान्बुको वनमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । मान्बुको तीनखोपुवा ढुंगास्थित स्थानीय पोत्लबी सामुदायिक वनमा पहिचान खुल्न नसकेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको शवफेला परेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रमुख इन्स्पेक्टर रामजी देवकोटाले जानकारी दिए । वनमा शव देखिएको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको थियो । अनुहार चिन्ह नसक्ने गरि सडेगलेको अवस्थामा शव फेला परेकोउनले बताए । खैरो हाफ टिशर्ट, निलो जिन्स पाइन्ट, कालो नाइक लेखेको चिन्ह भएको खैरो जुत्ता र कम्मरमा अंग्रेजी अक्षर जि लेखेको बेल्ट लगाएकोपुरुषको शव फेला परेको उनको भनाइ छ । शव पोष्टमार्टमका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगिएकाे प्रहरीले जनाएको छ ।

ताजा खबर