श्री अरविन्द आश्रम ( आध्यात्मिकता, कर्मयोग अनि आत्मीयताको संगम )

सुशीला नाथ योगी ,कालिकोट  हामी हामी आश्रमको अर्थ कुटी वा संस्था बुझ्छौँ जस्तै साबरमती आश्रम । हो आश्रमको अर्थ कुटी नै हो ,सामाजिक संस्था हो तर श्री अरविन्दआश्रम एक यस्तो कुटी हो या संस्था हो जहाँ घर विहीनले घर पाउँछ , परिवार विहीनले परिवार पाउँछ ,एक्लोले आफ्नोपनको आभाषपाउँछ , वृद्ध वृद्धाले नाती नातिना पाउँछन् , अबोध बालकले आमाबुबाबाट मिल्ने जस्तो बात्सल्य र ममता पाउँछ , भाइले दिदीपाउँछ,दिदीले भाई पाउँछिन् । कसैले गुमाएको चेत पाउँछ,बिलाएको खुसी पाउँछ, जसलाई जे कमी छ त्यसले त्यो कमी पूरा भएकोमिठो आभाष पाउँछ । ज्ञान पाउँछ, संस्कार पाउँछ, सम्मान पाउँछ, साहस पाउँछ, सकारात्मकता पाउँछ, आध्यात्मिकता पाउँछ ।                              श्री अरविन्द आश्रम थानकोट मातातीर्थभन्दा अलिक मास्तिर चन्द्रागिरि डाँडाको ठीक मुन्तिर अवस्थित छ । हाम्रै शहरमा,हाम्रै बस्तीमा छ । यो आश्रम प्रकृतिको सन्निकटमा प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले भरिपूर्ण भएको देख्न सकिन्छ जसलेहरकोहिलाई असाध्यै मोहित पार्न सक्छ । मैले पनि मेरो जीवनको करिब करिब 7/8 वर्ष यो आश्रममा बिताएकी छु । आश्रमकासंस्थापक तथा अध्यक्ष ,म जस्तै हजारौँका पिता , अभिभावक,गुरु , मार्गदर्शक, प्रेरणा, आत्मबल एक महान् आत्मा रामचन्द्र दास । उहाँसादा जीवन, सरलता र कर्मशीलताका उदाहरणीय पात्र हनुहुन्छ । सायद नेपालमा अहिलेसम्म श्री अरविन्द आश्रम मात्रै एउटा यस्तोसंस्था हो जस्ले बिना कुनै स्वार्थ अरूको भलाई गर्छ । फलको आसा बिना नै सत्कर्म गर्छ । कसैलाई बनाउँछ , आश्रय दिन्छ । वर्तमाननेपाली परिवेशलाई हेर्दा मानवता हराएको छ । मान्छेमा हुनु पर्ने चेत गुम भएको छ । मानव समाजको पहिचान क्रुरता नै हो कि भन्नेअनुभति दिँदै आएको छ । सबै कुरामा स्वतन्त्रता छ तर यही स्वतन्त्रताको अधिकारले नेपाली समाजमा भने विकृतिहरू यसरी झाँगिँदैगइरहेका छन् कि अनुमान लगाउन त के सोच्नसम्म नसक्ने घट्नाहरु समाजमा घटी रहेका छन् । मान्छेलाई मान्छे भई बाँच्नका निम्तिआध्यात्मिकता अतिआवश्यक कुरा हो , श्री अरविन्द आश्रमले हामी हरकोहीलाई आध्यात्मिक हुन र कर्मयोग गर्न प्रेरणा दिन्छ । 

ए पुरुष हामी तिम्रा गुडिया हैनौं ।

सुशीला नाथ योगी ,कालिकोट  तिम्रा लागि नारी को हुन् ?  घरपरिवारको बोझ ?  पोइल जाने जात ?  बाबुआमाको इज्यत ?  कुनै पुरुषको खुट्टाको धूलो ? 

खुशी…

साँच्चै कहाँ छ यो ?  सुशिला योगी  जसरी बाँचिरहेका छौं ,जति अनि जहाँ बाँचिरहेका छौं खोजी केवल खुसीको मात्रै छ । कसरी खुसी मिल्छ त ? कसरी खुसी पार्नसकिएला त , आफुलाई, अरुलाई ? भोलिका लागि बाँच्ने एउटा झिनो आसा पनि खुसी रहन कै लागि त हो । आज जे छ ठिकै छ, भोलित पक्कै खुसी भैएला टन्न कमाउँ ,काम गरौं । सबै खुसी हुने बाहानाहरु.... पछिपछि छौं खुसीको भेट्ने झिनो आसामा , खै कति पर छकुन्नि सबैलाई मिलेको देखिदैन । मान्छे भाग्छ भाग्छ, टाढा सम्म पाउँदैन । अझ झन् खुसी भेट्ने ठूलो आशा राखेको बदलामा निरासाकोभुमरीमा रनभुल्ल पर्छ । "यति पढ्छु,यति कमाउँछु , यस्तो गर्छु अनि मज्जाले खुसी भएर जीवन बाँच्नेछु । " यही आशामा सिङ्गोजिन्दगी सकिन्छ तर अहँ नत खुसी हुन नै सकिन्छ न त पार्न नै ।आफ्नो खुसीका निम्ति अरुलाई खुसी पार्न हामी कति गहिरो लगावलगाउँछौ । कहिलेकाहीँ हाम्रै खुसी कोही अरूको जीवन शैलीमा निर्भर गर्छ,त्यसैले त हामी आफ्नो खुसी कसैको हँसिलो मुहारमा खोज्छौं। आमाले आफ्नो खुसी सन्तानको प्रगतिमा पाउँछिन् । सन्तानले आफ्ना सुनौला सपनामा पाउँछ । यसैमा एउटा मिठो कथा पनि छ ।एकदिन म पनि थोरै खुसी हुने ठूलो सपना बोकी मानिसहरुको बस्ती देखि टाढा प्रकृतिको समिपमा गए । एक वृद्ध मानिस पिपलकोछहारीमा मस्त गीत गुनगुनाउँदै,आफ्ना दुबै हातहरुलाई सिरानी बनाएर पल्टिरहेका थिए । म उहाँको नजिकै गए र हिम्मतका साथ प्रश्नगरे । "बुबा तपाईं खुसी हुनुहुन्छ?" उहाँले मतिर पुर्लुक्क हेर्नु भयो र मुस्कुराउँदै जवाफ दिनुभयो । "खुसी छु ।" " कसरी ?" बुबा फेरिपनि मुसुक्क मुस्कुराउने भयो ।  मैले उहाँको अनुहारलाई एकटक नियाले। उहाँ बोल्न थाल्नु भयो । " सानो छँदा खुसी भागी भागी खेल्नुमापाएँ ,आमाले लुकाई लुकाई दिने मिठाईमा पाएँ , बुबाले आफू बजार जाँदा सँगै लगेकोमा पाएँ, चाडवाड आउँदा घरमा छाउने त्योरौनकमा पाएँ । बिस्तारै जवानीले प्रवेश गर्यो ,,यस्तो लाग्यो त्यी खुसी हुने बाहाना बच्पनासँगै बिलाएछन् क्या रे । म खुसीको खोजीमाभौतारिन थाले । धेरै पढेर सरकारी जागीर खान्छु भनी त्यो जागीरमा खुसी खोजें , कसैसँग प्रेम बस्यो मैले खुसी त्यो प्रेममा खोजें ।देशमा राम्रो कमाई हुन सकेन अब विदेश लाग्छु र टन्न कमाउँछु भनी त्यो विदेशको सपनामा खुसी खोजें । घरबार गृयस्थी हुँदा जीवनसहज होला भनी बिहे गरे अनि फेरि खुसी पारिवारिक माहोलमा खोजें । सन्तान सुख बेग्लै होला सोची मैले खुसी आफ्ना सन्तानमा खोजें। समाजले दिने मानसम्मान र प्रतिष्ठामा खोजें । आफ्नाहरुको साथ सहयोग र समिपमा खोजें । छोराछोरीको उन्नति र प्रगतिमा खोजें ।श्रीमतीको अङ्गालोमा खोजें । मनोरंजन गराउने  कार्यक्रमहरुमा खोजें । अहो यो त बडो अदृश्य कुरा पो रहेछ कहाँ खोजौं,कहाँ खोजौंभनी भौतारिदै शहरमा खोजे,गाउँमा खोजे,आफू जन्मिएको आफ्नै ठाउँ खोजे । अग्ला अग्ला गगन चुम्नी महलहरुमा खोजे । बत्ती बालेरकुनाकाप्चाहरुमा खोजे । हत्तपत्त मैदानमा ओर्लि दायाँबायाँ नजर डुलाई टर्च बालेर वारि पारी झारी तिर,बारी तिर खोजे । रंगिचङ्गीदुनियाँमा खोजे ।  "अनि बुबा कहाँ भेटियो त खुसी ?" म उत्यजित हुँदै प्रश्न गर्छु । उहाँ फेरि मिठो गरी मुस्कुराउँदै बोल्नु हुन्छ । " खुसी तमैसँग,मेरै भित्र पो रहेछ । जीवनमा जे छ, जस्तो छ,जति छ त्यसैमा रम्न सक्ने मनस्थिति रहेछ खुसी । खोज्ने र दिने कुरा भन्दा पनि खुसीत बुझ्ने र अनुभव गर्ने आभाष मात्रै रहेछ । अचेल खुसी जताततै छ । अपुरा सपना र रहरहरुमा पनि छ , हार र जितहरुमा पनि छ , भन्नैनसकिने कुन्ठित कति धेरै बात छन् मन भित्र त्यी प्रत्येक बातमा पनि छ ,अनगिन्ती कटाउन मुस्किल परेका अध्यारा रातहरुसँग पनिछ,झलमल्ल जुनकीरी लागेको उज्यालो रातसँग पनि छ,

आखिर परिवर्तन कहाँ छ ? :सुशिला योगी

कल्पना गरौं न ,, कस्तो हुँदो हो राजनीतिमा जातपातको रङ्ग मिसिएपछि । डटेर चाल्नु पर्ने पाइलाहरुमा स्वार्थ र बेईमान घुसिएपछि । जनताको आँखामा पर्दा लगाएर उता घुसपैठ र बेथिति मौलाएपछि । गर्हो त पक्कै हुन्छ नि सत्तामा सालिन पल्टिनेहरु बौलाएपछि । आखिर परिवर्तन कहाँ छ ? 

रातो बाकस

बासुदेव न्यौपाने ,कैलाली रातो...

जनसम्पर्क जापान र शिथिल नेतृत्व

राजेन्द्र जमरकट्टेल  ,जापान परिचय र परिदृष्य नेपाली जनसम्पर्क समिती जापानको स्थापना सन २००० मा टोकियो मा भई ,आफ्नो २२ बर्षको जिबनकाल को बिभिन कालखण्डमापटक पटक हस्तक्षेप गरि ,बिधी र बिधान बाट बाहिर जान खोज्दा देखिएका दम्भ ,गैरराजनितिक पन ,घमन्ड हरु ले हार मान्दै गल्ति रकमजोरी को समिक्षा गर्दै पुन नबिकरण र नया आयम सगै  जिवन्त बोकी राजनितिक ,सामाजिक पहिचान लाई मजबुत गर्दै बनेकोसगठन हो ।  फेरी केही काला बादल मडारिएको छ ,पक्कै आम जनचेतना र स्वार्थ रहित एकात्मक हुरी ले यो पनि बडारिने छ । आम शुभचिन्तक ,क्रियाशिल सदस्य ले जागरुपता को दियो ले सगठनमा लागेको ढुसी लाई निस्तेज पार्ने छ ।मानिस को रगत खाने जुगापनि रगत ले भरिएर ढाडिए पछि आफ्नै झर्ने छ । भलै केही समय टोकाई पिडा सहन गर्नु पर्ला । आम क्रियाशिल सदस्य र शुभचिन्तक लाई जनसम्पर्क समिती जापानको अहिलेको नेतृत्वको बारे लगभग तेही सोच सहित परिदृश्यबनेको आभाष लागेको छ ।

मनको बह !

लेखक -सुबिन खनाल पोखुं झैं लाग्छ बह मनको चित्त दुखाएर पोखुं कि ? मन बुजाएर? कसैलाई सुनाएर पोखुं कि? आफु भित्रै दबाएर? आंसु झारेर पोखुं कि? मुस्कुराएझैं गरेर? भन कसरि पोखुं ?

मलाई मेरो बालापन फिर्ता गरिदेऊ…

नाम : सुशिला योगि ,ठेगाना : कालिकोट कति निश्चल , पवित्र, अबोध अनि चन्चल थियो त्यो गुमाइआएको बालापन । हे मलाई जन्माउने मेरो ईश्वर तिमी कहिँ छौ भने कृपया मलाई मेरो बालापन फिर्ता गरिदेऊ ।  एक सानो परिवार जहाँ सिङ्गो सुन्दर संसार अटाएको थियो । आमाको ममता... बाबुको वात्सल्य...

नेपालको चिन्ता ग्रस्त आयातित अर्थव्यवस्था : सुधार कसरी ?

डा. उत्तम खनाल (अर्थ राजनीतिक विष्लेशक) नेपालको संविधान २०७२ ले संङ्घीयताको कार्यान्वयनलाई अगाडी बढाए सँगै लोकतान्त्रिक, गणतन्त्रात्मक, सार्वभौमसत्ता तथा...

सफलताको शिखर

सुशिला योगि , कालिकोट गुम्म बादल लागिरहेको बाटो अनि नयां ठाऊं,बाटो त पक्कै देखिन्छ बढिमा बढि सय मिटर,तपाई त्यो सय मिटर पार...

ताजा खबर